News Portal

  • भारतबाट भित्रिने खाद्य सामग्रीको ल्याब टेस्ट नै हुँदैन : खान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० भदौ २०८१
    २९० पटक
    भक्तपुर, २० भदौ २०८१

    संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भारतबाट नेपाल भित्रिने सामग्रीमा ल्याब टेस्ट नगरी बजारमा पठाइने गरेको खुलासा गरेका छन्।

    नेपाल प्रेस सोसाइटीले बिहीबार भक्तपुरमा आयोजना गरेको “अस्वभाविक मूल्य वृद्धि / कालोबजारी र बजार अनुगमन विषयक” अन्तरक्रिया कार्यक्रममा सभापति खानले भने, “नेपालमा भित्रिने खाद्य सामग्रीको ल्याब टेस्ट हुँदैन । ७० प्रतिशत आयात भारतसँग गर्ने भएपनि कुनै पनि नाकामा कतै ल्याब टेस्ट गरिदैन, र ल्याउँदा ल्याउँदै सामग्रीको मिति पनि सकिएको हुन्छ  ।”

    खानले थपे, “ल्याब टेस्ट नगरी खाद्य सामग्रीलाई बजारमा पठाउँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। बजारमा पाइने सामग्रीको गुणस्तर र मापदण्ड सुनिश्चित गर्न ल्याब टेस्ट अनिवार्य गर्नु पर्छ।” उनले यस समस्याको समाधान गर्न सरकार र सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आह्वान गरे।

    कार्यक्रममा बोल्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य रेखा यादवले वर्तमान बजार अनुगमन प्रणालीमा सुधार गर्नुका साथै कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले कडा निगरानी र कारवाही गर्नुपर्ने बताइन्।

    भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बजार अनुगमनमा प्राविधिक र व्यवस्थापकीय सुधारहरू लागू गर्दै उपभोक्ताको स्वास्थ्यको सुरक्षा प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रशासनले समय समयमा बजार अनुगमन गरिरहेको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

    त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रशासन प्रमुख सुरज पौडेलले सार्वजनिक सेवाहरूको गुणस्तर बढाउन र उपभोक्ताको अधिकारको रक्षा गर्न नगरपालिकाले प्रयास गरिरहेको बताउँदै बजार अनुगमनमा सुधार आवश्यक रहेको बताए। उनले भने, “यसका लागि स्थानीय सरकारले मात्र गरेर नहुने भएकाले प्रशासन र अन्य सम्बन्धित निकायले समन्वय गरेर काम गर्न आवश्यक छ।”

    कार्यक्रममा उपस्थित सबै अतिथिहरूले उपभोक्ताको हितमा प्रभावकारी बजार अनुगमन र कडा निगरानीको महत्त्वलाई स्वीकार गर्दै यस क्षेत्रमा सुधार ल्याउने उपायहरूमा विचार विमर्श गरेका थिए।

    सो कार्यक्रम सोसाइटीका अध्यक्ष उपेन्द्रराज केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...