News Portal

  • एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ भदौ २०८१
    ३१३ पटक
    भक्तपुर, २८ भदौ २०८१

    नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ ।

    शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो । भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन भएको थियो । यचुरीको पार्थिव शरीरलाई जलाउने वा गाड्ने नगरी एम्स अस्पताललाई नै दिने परिवारले जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    परिवारले शनिबार यचुरीको पार्थिव शरीर एम्स अस्पताल लाई बुझाउने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...