News Portal

  • डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ असोज २०८१
    १६८१ पटक
    भक्तपुर, १ असोज २०८१

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् । भक्तपुर प्याब्सन अन्तर्गतको विद्यालय स्तरीय डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा जुनियरतर्फ प्रथम हुँदै उनी बिजेता बनेकी हुन् ।

    प्रतियोगितामा १ हजार ३७ जनाले अडिसन दिएका थिए । जुनियरतर्फ बिभिन्न राउन्ड पार गर्दै १२ जना अन्तिम प्रतिस्पर्धामा पुगेका थिए । उनीहरु सबैलाई पछि पार्दै सुकृतिले बिजेताको ताज पहिरिन सफल भएकी छन् ।

    सूर्यविनायक-२ बालकोट निवासी सुकृति नवरत्न लाइफ स्कूलको कक्षा ४ मा पढ्छिन । बिजेता बनेसंगै उनले रु २५ हजार, ताज, प्रमाणपत्र र बिभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी नमस्ते ख्वप टेलिभिजनका संचालक ऋषिकेश श्रेष्ठले जनाएका छन् ।

    सुकृतिको परिवार र विद्यालय पनि उनको सफलताबाट दङ्ग परेको छ । उनका पिता सुरेश झ्या श्रेष्ठले प्रतिभाको आँगनले आफ्नो छोरीको प्रतिभा प्रस्फुटनमा सहयोग गरेको भन्दै कार्यक्रमको निरन्तरताको कामना गरेका छन् ।

    सुकृतिलाई पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले बालबालिकाले पढाई संगै अतिरिक्त क्रियाकलापलाई पनि अघि बढाउनु खुशीको कुरा भएको बताए । को भन्दा को कम भन्ने शैलीमा नृत्य प्रस्तुत गरेका बालबालिकाको भविष्य यस क्षेत्रमा समेत उज्जल रहेको उनले बिश्वास ब्यक्त गरेका छन् ।

    प्रतिभाको आँगनमा विनायक शिक्षा निकेतनकी अपेक्षा बोहरा द्वितीय र वेलफेयरकी बिहानी तामाङ तृतीय भएका छन् ।

    प्रतियोगितामा कमल राई, भुवनदाश श्रेष्ठ र संगीता खड्गीले निर्णायकको भूमिका निभाएका थिए ।

    अपडेट

    प्रतियोगिताको सिनियर तर्फ भने एभरेस्ट इङलिस स्कूलकी अयोना लाखा बिजेता बनेकी छन् । उनलाई दोश्रो र तेस्रो हुँदै क्रमशः प्रशिका अधिकारी र अस्विनी श्रेष्ठले पछ्याएका छन् ।

    प्रशिका ॐ ज्ञान मन्दिरकी छात्रा हुन् भने अस्विनी जनप्रेमी वर्ल्ड स्कूलकी छात्रा हुन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...