News Portal

  • शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, ३ असोज २०८१
    ५७१ पटक
    मध्यपुर थिमि, ३ असोज २०८१

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ । बिहीवार साँझ मध्यपुर थिमि नगर समितिको आयोजनामा दीप प्रज्जलन गरिएको हो ।

    वडा नम्बर ४ स्थित दुई पोखरीमा दीप प्रज्जलन गरी संविधान दिवसको कार्यक्रम सम्पन्न गरिएको नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले बताएका छन् । उनी मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख पनि हुन् । शहिद बैकुण्ठहरी श्रेष्ठ पत्नी जगत लक्ष्मी र शहिद सविन श्रेष्ठ पत्नी कृष्ण शोभाले दीप प्रज्जलन गरे संगै अन्य नेता कार्यकर्ताले दीप बालेका थिए ।

    दुई पोखरीस्थित शहिद बैकुण्ठहरी श्रेष्ठको शालिक अघि उभिएर सहभागीहरुले मध्यपुर थिमिबाट जनयुद्धमा शहदत प्राप्त गरेका शहिद बैकुण्ठहरी र सविन श्रेष्ठका साथै ज्ञात अज्ञात सम्पूर्ण शहिदप्रति सम्मान प्रकट गरेका सचिव शिवसुन्दर श्रेष्ठले बताए । साथै, उनीहरुले शहिदको बलिदानीले प्राप्त संविधान र परिवर्तनको रक्षाको लागि लागिरहने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

    सो अवसरमा मध्यपुर थिमीका अग्रणी नेता एवं माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजाले शहिद बैकुण्ठहरी र सविन श्रेष्ठलाई शब्दबाट सम्झना गर्दै उनीहरुको त्याग र बलीदानीको गाथा सुनाएका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, डिपी ढकाल र प्रतिमा श्रेष्ठ लगायतले वर्तमान संविधान माओवादी जनयुद्धको जगमा आएको अग्रगामी संविधान भएको उल्लेख गरे । संघीयता, धर्म निरपेक्षता,समानुपातिक, समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समाजवाद उन्मुख हुनु यस संविधानको अग्रगामी विशेषता भएको उनीहरुको भनाइ छ ।

    हजारौ शहिदको शहादतबाट प्राप्त संविधान माथि प्रतिक्रान्तिकारीहरुको धावा कायमै रहेकोले क्रान्तिकारीहरुले संविधानमा भएका जनताको अधिकार र जनजीविकाको सुरक्षाबारे सचेतना फैलाउदै यसको कार्यान्वयन पक्ष बलियो बनाउन दबाब दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

    कार्यक्रममा केन्द्रीय सल्लाहकार शिवहरी खनाल, बागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ भावना, जिल्ला संयोजक सुनिल गोठे बासु, प्रदेश सदस्य बालकृष्ण दुगु, नगर इन्चार्ज एवं राष्ट्रिय प्राध्यापक संगठनका नेता उमेश लम्साल, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष जगन्नाथ डुम्रे, प्रेस सेन्टरका उपाध्यक्ष बाबुकाजी साछे श्रेष्ठ, अनेमसंघ क्रान्तिकारीकी सचिव रत्नकेशरी प्रजापति लगायतको पनि सहभागिता रहेको थियो ।

    सहभागिहरुले एकआपसमा संविधान दिवसको शुभकामना साटासाट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...