News Portal

  • भक्तपुर दरबार क्षेत्रको सुन्दरतामा दाग ‘छाडा कुकुर’

    ललिता शाहभक्तपुर, १३ असोज २०८१
    ३०७ पटक
    भक्तपुर, १३ असोज २०८१

    चौतर्फी सुन्दर भक्तपुर नगर छाडा कुकुरका कारण कुरुप बन्ने खतरा पैदा भएको छ । ऐतिहासिक एवं सास्कृतिक सुन्दरताको रसास्वादन गर्न आएका पर्यटकले पाइला पाइलामा कुकुरको भय बोक्नुपरेपछि यसको सुन्दरतामा दाग देखिएको हो ।

    भक्तपुरको सम्पदामा हराउदै गर्दा आफ्नो टोलीका एक सदस्यलाई गल्लीका दुईटा कुकुरले लखेटेर टोकेको देखेपछि आफूहरुको सातो गएको जर्मन पर्यटकहरुले जानकारी गराए । बाहिरबाट आएका हिडाई र भेषभुषा थोरै फरक देख्ने बित्तिकै भक्तपुरको गल्ली गल्लीमा अड्डा जमाएर बसेका कुकुरको हुलले कतिवेला कसलाई टोक्ने ठेगान नहुने पर्यटन ब्यवसायीहरु बताउँछन् ।

    दुनियाँभरिबाट यहाँ दैनिक सयौंको संख्यामा बाह्य  पर्यटकहरूको आवतजावत हुन्छ । तिनीहरूले भक्तपुरको अदभूत कला संस्कृति र सुन्दरता हेर्न व्यस्त भईरहँदा कतिवेला कुकुर आएर टोकिहाल्ने हो भन्ने मनमा डर हुने गरेको तितो अनुभूति पोखेका छन् ।

    बालाखु टोल र दरबार स्क्वायर आसपासमै कुकुरले टोकेर घाइते हुनेको संख्या उल्लेख्य छ । भक्तपुर अस्पतालमा यो वर्षको वैशाखदेखि भदौसम्ममा हरेक महिना २ सय बढी व्यक्तिले रेबिज विरुद्धको सुई लगाउन आएको देखिन्छ । यो अस्पतालमा मात्रै दैनिक १२ देखि १५ जना कुकुरले टोकेर उपचार गराउन आउने गरेको अस्पताल इमरजेन्सी कक्षका इन्चार्ज डाक्टर पार्वता निरौलाले बताएकी छन् ।

    परिवार सहित यहाँ आउने पर्यटक मात्र नभई नगरवासी पनि कुकुरको आतंकले परेशान भएको स्थानीय विजेन्द्र पुलाछें बताउँछन ।

    दरबार स्क्वायर क्षेत्र बाहिर वरिपरि जिल्लाका सरकारी कार्यालयहरू, प्रशासनिक अड्डाहरूसँगसँगै अस्पताल र आधा दर्जन जति विद्यालयहरू छन् । गल्लीबाट विद्यालय जाने वा यही क्षेत्रमा खेल्ने स्कुले बालबालिकालाई त दौडेकै निहुँमा हेर्दाहेर्दै कुकुरले टोकिहाल्ने पाँचतल्ले दरबार क्षेत्रमा क्याफे संचालन गरेर बसेका उपेश हाडाले जानकारी दिए ।

    नगरको मात्रै नभई जिल्लाकै मुटु मानिने भक्तपुर दरबार स्क्वायर अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रको रूपमा रहेको छ।दरबार स्क्वायरको संरचनागत सुन्दरताले वैश्विक आँखा र ध्यानलाई आकर्षित गर्दै आएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत दरबार स्क्वायरलाई नगरपालिकाले त्यसै अनुरुप विकास पनि गर्दै लगेको छ । तर, नगरपालिका सामू कुकुर आतंक चुनौती बनेर खडा भएको छ ।

    नगरलाई आफूले यसबारे ध्यानाकर्षण गराउने दरबार स्क्वायर क्षेत्रको अधिकांश भुभाग पर्ने भक्तपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले प्रतिवद्धता प्रकट गरेका छन् ।

    भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले  पशु अधिकारको संरक्षण अन्तर्गत कुकुरलाई मार्न नहुने बताइन् । अहिलेसम्म कुकुर नियन्त्रणका लागि धेरै प्रयास गरेपनि खासै सफलता हात नलागेको उनले स्वीकार गरेकी छन् । उनले दरवार क्षेत्रमा छाडा कुकुर नियन्त्रण गर्न प्रभावकारी योजना बनाइने प्रतिवद्धता पनि प्रकट गरिन ।

    भक्तपुर नगरको सुन्दरता र पर्यटकको सुरक्षा भक्तपुरबासीको पनि जिम्मेवारी हो । स्थानीयले पनि आफ्नो पाल्तु कुकुरलाई छाडा नछोड्ने ब्यवस्था गर्नुपर्ने जरुरी देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...