News Portal

  • सरकारले उद्धार नगर्दा नख्खुखोलामा बगेकाको उद्धार गर्ने माओवादी कार्यकर्ता चणिकलाल सम्मानित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ असोज २०८१
    ५४८ पटक
    भक्तपुर, १३ असोज २०८१

    सरकारले उद्धार नगर्दा नख्खुखोलामा बगेका मानिसलाई पौडेर उद्धार गरेका वाईसीएलका युवक चणिकलाल तामाङ सम्मानित भएका छन् ।

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङलाई ‘साहसी युवा’ को रुपमा सम्मान गरेका हुन् ।

    उनले आफ्नै निवास खुमलटारमा बोलाएर आइतबार तामाङलाई सम्मान गरेका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । तामाङले शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए ।

    टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।

    खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका २२ वर्षीय भाइ पनि उत्रन सफल भए भने राजुकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था भने अज्ञात रहेको छ ।

    ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिएका स्वकीय सचिव रमेश मल्लले बताए ।

    सो अवसरमा पूर्व प्रधानमन्त्री प्रचण्डले संकटको बेला नै युवाहरुले बहादुरी देखाउनुपर्ने बताए । उनले बहादुरहरुको अर्को नाम माओवादी भएको भन्दै  चणिकलालजस्ता साहसी युवा पार्टीमा आवद्ध रहनु गौरवको कुरा भएको बताए । उनले माओवादीहरु आफ्नो ज्यानको माया नगरी समाज, देश र मानव जातिको सेवाप्रति समर्पित हुन्छन् भन्ने चणिकलाल पछिल्लो उदाहरण बनेका भन्दै खुशी ब्यक्त गरेका थिए ।

    काभ्रेको तेमाल गाउँपालिका-९ चोकटार घर भएका तामाङ सहिद परिवारका सदस्य हुन् । उनका दाई तत्कालीन जनमुक्ति सेनाका कमाण्डर चन्द्र तामाङ ‘शुक्र’ ले जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए ।

    सम्मानित भएका साहसी युवा चणिकलाल तामाङले आफू शनिबार विहान खोला हेर्न जाँदा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धार गरेको बताए । बग्दै गरेको दुई जनाको ज्यान बचाउन सफल भएकोमा खुशी हुँदै उनले आफूले आदर्श मानेको पार्टीका अध्यक्षले स्वाबासी दिँदा खुशी दोब्बर भएको प्रतिक्रिया दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...