News Portal

  • बाढी पहिरोका घाइतेलाई जुम्लाको स्याउ बितरण

    ललिता शाहभक्तपुर, १५ असोज २०८१
    ५९९ पटक
    भक्तपुर, १५ असोज २०८१

    बाढी पहिरोमा परी घाइते भएर अस्पताल भर्ना भएका विरामीहरुलाई निशुल्क स्याउ बितरण गरिएको छ । जुम्लाका एक मनकारी युवा व्यवसायीले सोमवार अस्पताल पुगेर सो जुम्लाको स्याउ वितरण गरेका हुन् ।

    जुम्ला जिल्लाको सिँजा गाउँपालिका घर भई काठमाडौं उपत्यकामा फलफूल व्यवसाय गर्दै आएका जयऋषि उपाध्यायले धुलिखेल अस्पताल भर्ना भएका करिब दुई सय बिरामीलाई जुम्लाको स्याउ लगायतका फलफूल वितरण गरेको अस्पतालले जनाएको हो ।

    विपत परेको बेला आफूले पैसा वा अन्य केही सहयोग गर्न नसके पनि जे छ त्यसैले अरुलाई सहयोग गर्नुपर्छ भने विचारले बेच्नको लागि भनेर भक्तपुरको गोदाममा गत मंगलवार नै जुम्लाबाट धेरै मात्रामा ल्याइएको करिब एक क्विन्टल स्याऊ जय ऋषिले बिरामीलाई सितैमा बाँडे ।

    जुम्लाका स्याउ लगायत हिमाली पहाडी जिल्लाका स्थानीय उत्पादनहरू देशको राजधानीसम्म ल्याएर प्रवर्धन र व्यवसायकरण गर्न जुटेका युवा हुन जयऋषि । रोग र भोकले अस्पतालको बेडमा छटपटिएको बिरामीहरूलाई फलफूल वितरण गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको उनले प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...