News Portal

  • विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० असोज २०८१
    ६०९ पटक
    भक्तपुर, २० असोज २०८१

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल नेपाल विद्यालय संयुक्त संस्था भक्तपुरले आइतबार शिक्षकहरुलाई सम्मान गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य तथा पोषणविद् डा. दया लक्ष्मी जोशीले उनीहरुलाई सम्मान गरेकी हुन् । सो अवसरमा सम्बोधन गर्दै डा जोशीले आफ्नो ४८ वर्षको शिक्षण अनुभव बाड्दै शिक्षा राम्रो हुनका लागि स्वास्थ्यको महत्त्वपूर्ण भूमिका रहनेमा जाेड दिएकी छन् । उनले शिक्षक र विद्यार्थीको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने सुझाव दिइन् । खानपान र पौष्टिक आहारको महत्त्व महत्व माथि उनलेे प्रकाश पारिन् ।

    कार्यक्रम संचालक रहेका पाथीभरा एकेडमी विद्यालयका प्रध्यानाध्यापक तथा वि क्यान एडुकेसन नेपालका सचिव रमेश प्रसाद सिटौलाले दिएको जानकारी अनुसार यस वर्ष शैक्षिक रोशनी पदक र सम्मानपत्र पाउन सफल शिक्षकहरु निम्न छन्:

    १. सर्मिला प्रधानाङ – पाथीभरा एकेडेमी (सृजनानगर)
    २. सुनमाला योन्जन – रुबी भ्याली विद्यालय (सूर्यविनायक)
    ३. श्याम्देवी नकर्मी – क्रियटिभ इ. से. स्कुल (नागपोखरी)
    ४. शुशिला पोख्रेल – सिरिनकेन इ. स्कुल (झौखेल)
    ५. रिता श्रेष्ठ – जागृति शिक्षा सदन (मूलपानी)
    ६. अर्चना दाहाल – आरक्षण नेशनल एकेडेमी (सुडाल)
    ७. आकृती खड्का – माम्ती नेशनल एकेडेमी (पान्डुबजार)
    ८. सर्मिला सितिखु – सरस पाठशाला (जगाते)
    ९. जमुना सिल्पकार – रितम्भरा पाठशाला

    वि क्यान एजुकेशनल नेपालका अध्यक्ष रत्न बहादुर राईले शिक्षक सम्मान कार्यक्रमले शिक्षकलाई पेशाप्रति गौरव गर्न र शिक्षणसिकाइमा थप राम्रो काम गर्न प्रेरित गर्ने बिश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...