News Portal

  • नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयक कार्यपत्र प्रस्तुत

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ असोज २०८१
    ७६६ पटक
    भक्तपुर, २२ असोज २०८१

    नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ । संस्कृतिविद् फणीन्द्ररत्न बज्राचार्यले कार्यपत्र प्रस्तुत गरेका हुन् ।

    कार्यपत्र नेपालीको महान चाड दसैं र दसैंकरण’ हुन पुगेको नेवार जातिको एउटा महत्वपूर्ण चाड ‘मोहनी’मा केन्द्रीत रहेको छ । सो कार्यपत्रमा संस्कृतिविद् हरिशरण शर्माले टिप्पणी गरेका थिए । कार्यक्रममा उपकुलपति विमल निभाः, परिषद सदस्य डा.मधुशरण गिरी र बाबा बस्नेत उपस्थित थिए । छलफलमा शेषनारायण महर्जन, माेहिनी चित्रकार, नरेशवीर शाक्य, गेहेन्द्रगाेपाल गुरूवाचार्य, प्रतापिसंह तामाङ, राजु शाक्य, डा. बज्रमुनि बज्राचार्य, शाक्य सुरेन लगायतको सहभागिता रहेको थियो ।

    सो अवसरमा दसैं र माेहनी फरक विधि, नाम, पूजापाठ, देवता, प्रकृया रहेकाे चर्चा विमर्श गरियाे । माेहनी लिच्छवि, मल्लकालदेखि पायः अर्थात खड्ग जात्रा र तुलजादेवी, कुमारीसँग जाेडिएर चल्दै आएकाे उल्लेख गर्दै गाेर्खा राज्यले उपत्यका कव्जा गरेपछि चलाएकाे दसैंको फूलपातीसंग यसको साइनो नभएको बताइएको छ ।

    प्राज्ञ चेतनाथ धमलाले सञ्चालन गरेको सो कार्यक्रममा मालश्री धुनमा माेहनीकाे गीत लाेककवि राजभाइ जकःमिले माहाैल सङ्गीतमय बनाएका थिए । स्वागत मन्तव्य परिषद् सदस्य डा. मधुसुदन गिरीले गरेका थिए भने सभा मातृभाषा कोष व्याकरण विभाग प्रमुख रहेका प्राज्ञ त्रैलाेकयमान बनेपाली (अगिब)काे अध्यक्षतामा सभा सम्पन्न भएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...