News Portal

  • खुल्न नपाई विपि राजमार्ग पुनः अवरुद्ध, यात्रा नगर्न अनुरोध

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ असोज २०८१
    ३४४ पटक
    भक्तपुर, २५ असोज २०८१

    विपिराजमार्ग पुनः अवरुद्ध भएको छ । काभ्रेको रोशी-११ पिप्लेस्थित वि.पि.राजमार्गमा माथिबाट सुख्खा पहिरो आएकोले बाटो अवरुद्ध भएको हो ।

    उक्त पहिरोले सिन्धुलीबाट काठमाण्डौं तर्फ आउँदै गरेको बा. ४ ख. ४३५२ नं. को बसलाई रोशी खोलामा करिब २० मिटर तल बगाएको र खोटाङबाट काठमाण्डौं तर्फ नै आउँदै गरेको ना. १ ज. ६८१७ नं. को सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको प्रहरीको भनाइ छ ।

    सुमोको पछाडीको भाग मात्र देखिएको अबस्थामा रहेको, मानबिय क्षती भने नभएको बताइएको छ । विपि राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुदै मंगलटार जाने कच्चि सडक खण्ड र रोशी गा.पा. -११ पिप्ले स्थित बि.पि. राजमार्गमा पुन: सुख्खा पहिरो झरीरहेकोले तत्काल दुईतर्फि सडक अवरोध भएको भन्दै यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।

    सडक बिभाग संग समन्वय गरी बाटो खुलाउने पहल भईरहेको प्रहरीको भनाइ छ । यात्रा गर्दा सम्बन्धीत जिल्ला ट्राफिक कार्यालय वा, प्रहरी कार्यालयसंग जानकारी लिनु उत्तम हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...