News Portal

  • दुई झगडिया नेताले अघि बढाए मित्रताको हात

    संजीप शुभचिन्तकभक्तपुर, ३ कार्तिक २०८१
    १०१२ पटक
    भक्तपुर, ३ कार्तिक २०८१

    टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली राजनीतिका यस्तै झगडालु पात्र हुन् नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेत र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य राजन दाहाल ।

    बस्नेत पूर्व उद्योग मन्त्री समेत हुन् भने दाहाल संघीय सांसद रहेका छन् । भक्तपुरका नेता बस्नेत र सिन्धुलीका नेता दाहाल दुवै लडाकु स्वभावका नेता मानिन्छन । कुनैबेला एमाले नेता ईश्वर पोखरेल सवार गाडीमा ढुंगा बर्साउने नेतृत्व गरेर चर्चामा आएका दाहाल र युवा संघको अध्यक्ष भएर चर्चामा आएका बस्नेत दुवै एक अर्कालाई गाली गर्ने अवसर चुकाउँदैनन् । यि दुई नेताबीचका बिबाद संचार माध्यमका लागि मसला बन्ने गरेका छन् ।

    विशेषत: २०६६ सालमा सिन्धुलीको सुनकोशीमा बस्नेत नेतृत्वमा रहेको युवा संघको समूह र दाहाल नेतृत्वमा रहेको माओवादीको समूह बीच भिडन्त भएको घटनाले पनि यि दुई नेताहरुलाई मिल्न दिएको देखिंदैन । दाहालको नजरमा बस्नेत राजनीतिक नेता भन्दा बढी नवमण्डले र गुण्डा नाइके हुन् भने बस्नेतको नजरमा दाहाल अराजक र अपराधी पनि । नेता बस्नेतले त आफना कार्यकर्तालाई सार्वजनिक सम्बोधन गर्दै राजन दाहाल जेलको कालकोठरीमा जाने ठुकुवा नै गरेका छन् । ”राजन दाहाल जेलको कालकोठरीमा एक जान्छन, दुई जान्छन, तीन जान्छन ।” बस्नेतले सार्वजनिक रुपमै ठुकुवा गरेका छन् ।

    तर, राजनीतिमा जे हुन्छ त्यो भनिदैँन र जे भनिन्छ त्यो हुँदैन भन्ने आम धारणालाई सहि सावित गर्दै यि दुई झगडिया नेताले मित्रताको हात अघि बढाएका छन् ।

    शनिवार सूर्यविनायक-८ को एमाले वडा अधिवेशनमा ”खै कुन दुलोमा लुकेको छ राजन दाहाल?” भन्दै प्रश्न गरेका एमाले जिल्ला इन्चार्ज महेश बस्नेतले शनिवार नै राजन दाहालसंग कफी खाएको फोटो सार्वजनिक भएपछि नेता बस्नेत सम्बन्ध सुधारको पक्षमा भएको खुलासा भएको छ ।

    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीमाथि संसदमा प्रश्न उठाएका दाहालको आलोचना गर्दै शनिवार बस्नेतले पशुपतिको जलहरीमा सुन नभई पित्तल हालिएको हल्ला फैलाएर राजन दाहाल दुलोमा लुकेको बताएका थिए । त्यसको केही घन्टामै दुई नेताले एउटै टेबलमा कफी खाएको फोटो सार्वजनिक भएपछि भक्तपुरको राजनीति तरंगित बन्न पुग्यो । भक्तपुरका र सिन्धुलीका एमाले तथा माओवादी दुवै दलका कार्यकर्ताका लागि यो एउटा आश्चर्यजनक खबर बन्यो ।

    बस्नेत र दाहाल बीच भेटघाटको तारतम्य भने वाइसिएलका भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले मिलाएका हुन् । रन्जित दुवै नेताका बिश्वासपात्र मानिन्छन् । रन्जितको कौसलटारस्थित निवासमा दुई नेताले मित्रताको हात अघि बढाउँदा नेकपा(एमाले)का जिल्ला अध्यक्ष बचन देउजा, एमाले नेता चन्दनकृष्ण श्रेष्ठ, युवा संघका केन्द्रीय सदस्य विसाल सुवेदी र वाइसिएलका केन्द्रीय सदस्य राजु कुटु लगायतका नेताहरु साक्षी बन्न पुगेका थिए ।

    लामो तिक्ततापूर्ण सम्बन्धमा रहेका दुवै नेताले आफूहरुको भेट आकस्मिक र अनौपचारिक भएको बताएका छन् । यद्यपी, दुवै नेताहरु तितो सम्बन्ध त्याग्न आतुर रहेका देखिएको छ ।

    सो भेटमा आपसी सम्बन्ध र समसामयिक राजनीतिका विषयमा छलफल पनि भएको नेताहरुले स्वीकार गरेका छन् । राजनीतिमा स्थायी शत्रु नहुने भन्दै उनीहरुले आफूहरुको शत्रुता परिस्थितिजन्य मात्र भएको र अब त्यसमा सुधार गर्दै अघि बढ्ने अठोट गरेका मध्यस्थकर्ता बनेका युवा नेता एवं सामाजिक अभियन्ता नरेश रन्जितले पुष्टि गरेका छन् ।

    आफ्ना बिरोधिलाई देखि नसहने समान प्रवृत्तिका बस्नेत र दाहालको मित्रता धेरैको लागि अविश्वसनीय र टाउको दुखाइको विषय समेत बनेको देखिएको छ । सामाजिक संजाल हेर्दा यि दुई नेताको मिलनबारे मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । धेरैजसो कार्यकर्ताले युवा नेताहरु गाली र बदलाको राजनीति बिर्सेर बामपन्थी एकता र बिकासका योजनामा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् भने कतिपयले संयोगको भेटले वर्षैदेखि बिग्रेको सम्बन्ध नसुध्रने जिकिर गरेका छन् ।

    नेताद्वयले भने अर्को बैठक समेत निश्चित गरी मित्रताको हात अघि बढाईसकेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...