News Portal

  • साफमा माल्दिभ्सविरुद्ध नेपालको अहिलेसम्मकै फराकिलो जित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ कार्तिक २०८१
    १६८ पटक
    भक्तपुर, ५ कार्तिक २०८१

    फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४ मा समूह चरणको दोस्रो खेलमा माल्दिभ्समाथि नेपालले शानदार जित हासिल गरेको हो ।

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सम्पन्न खेलमा नेपालले ११ गोल गर्दा माल्दिभ्स भने गोलरहित हुन बाध्य भयो । नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो। यसअघि सन् २०१६ मा नेपाल  ९–० ले विजयी बनेको  थियो  ।

    माल्दिभ्सविरुद्ध नेपाललाई  जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। यस्तै, प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक-एक गोल गरे। आजको जित संगै नेपाल आफ्नो समूहको शिर्ष स्थानमा उक्लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...