News Portal

  • भक्तपुर प्रहरीमा नेतृत्व परिवर्तनसंगै लागू औषधमा नजर, फार्मेसी संचालक पक्राउ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ कार्तिक २०८१
    ४८९ पटक
    bhaktapur policeभक्तपुर, ५ कार्तिक २०८१

    जिल्ला प्रहरी परिसर भक्तपुरको नेतृत्व परिवर्तनसंगै लागू औषध विरुद्ध प्रहरी आक्रामक भएको छ । नेतृत्व परिवर्तनको एक सातामै एक फार्मेसी संचालक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मध्यपुर थिमि- १ लौहकिन्थली स्थित एक फार्मेसीका संचालक रोहित सिंहसहित बलिराम खड्का रहेका छन् । औषधी पसलमा लागू औषध विक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सोमबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

    Tapentadol Tablets Tapenta लेखिएको १३० ट्याब्लेट र Tapentadol Tablets 100mg. लेखिएको ५५ ट्याब्लेट सहित उनीहरुलाई नियन्त्रणमा लिईएको डिएसपी नेउपानेले जनाएका छन् । उनीहरुमाथि थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधव बुढाथोकीले लागू औषध दुर्व्यसन रोक्न यसको कारोबार रोक्नुको बिकल्प नभएको भन्दै लागू औषध कारोबारी विरुद्ध कारवाही गर्न कुनै कसर बाकी नराख्ने बताए । लागू औषध सेवन गर्ने माथि अनुसन्धान गर्दा कारोबारी सम्म पुगिने भएकोले सेवनकर्तालाई पनि नजर अन्दाज गर्न नसकिने उनले स्पष्ट पारेका छन् ।

    साना कारोबारीबाटै ठुलो कारोबारी पक्राउ पर्ने भएकोले लागू औषध राख्ने जोकोहीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने भक्तपुर पोष्टसंग उनले प्रतिक्रिया दिए । एसपी बुढाथोकीले भक्तपुरलाई लागू औषधको दुर्व्यसनबाट मुक्त गर्न प्रहरी एक्लैको प्रयासले नपुग्ने भन्दै आवश्यक सूचना र सहकार्यका लागि सरोकारवाला सबैसंग आग्रह समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...