News Portal

  • भेटिएन विमानमा बम

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ कार्तिक २०८१
    २२५ पटक
    भक्तपुर, ६ कार्तिक २०८१

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । मंगलवार अपरान्ह दिल्लीबाट १५७ यात्रुसहित आएको विमानमा बमको हल्लापछि नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीले विमानसँगै यात्रुकाे पनि सर्च गरेको थियो । तर यात्रु, सामान र विमानको खानतलासीसहितको सर्च अपरेसनमा बम र कुनै शंकास्पद वस्तु नभेटिएको हो ।

    विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ बजेर २७ मिनेटमा ल्याण्ड भएको थियो । विमानमा बम राखिएको सूचना विमान कम्पनीलाई भारतबाटै आएको सुरक्षा स्रोतले जानकारी दिएका छ । त्यसपछि यात्रु र लगेजको खानतलासी भएको थियो ।

    विमानस्थलमा बम डिस्पोजलसहितको टोली पनि पुगेको थियो । विस्तारा एयर–१५५ मा चेकजाँचका क्रममा बम र कुनै विष्फोटक पदार्थ नभेटिएको पुष्टिपछि विमानले दिल्लीतर्फ उडान भर्न लागेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...