News Portal

  • मन्त्रीको जिल्लामा कमजोर कार्यसम्पादन, ललितपुर प्रथम हुँदा भक्तपुर सातौँ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ कार्तिक २०८१
    ६९२ पटक
    भक्तपुर, ७ कार्तिक २०८१

    बागमती प्रदेश अन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ । गत आर्थिक वर्षको कार्यसम्पादन प्रगती समीक्षा गर्दा ललितपुर प्रथम भएको हो ।

    प्रदेश अन्तर्गतका १३ वटै जिल्ला जनस्वास्थ्य कार्यालयलाई उछिन्दै जनस्वास्थ्य कार्यालय ललितपुर ७५ अंकसहित प्रथम भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

    छिमेकी जिल्ला ललितपुर प्रथम हुँदा भक्तपुरले भने सातौँ स्थानमा चित्त बुझाउनु परेको छ । स्वास्थ्य मन्त्री किरण थापाको गृह जिल्ला भक्तपुरको स्वास्थ्य कार्यालयले ६७.१९ अंक प्राप्त गरेको छ ।

    वार्षिक समीक्षा गोष्ठीको अन्तिम दिन बुधबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेललाई प्रशंशा पत्र प्रदान गर्दा भक्तपुरका प्रमुख शान्तिराम खतिवडा भने ताली बजाउने भूमिकामा मात्र देखिए ।

    गत आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकन भएकाले मन्त्रीको गृह जिल्ला कमजोर भन्न नमिल्ने स्वास्थ्य मन्त्री किरण थापाको सचिवालयले जिकिर गरेको छ । यस वर्ष भक्तपुरको कार्यसम्पादन प्रभावकारी बनाउन आवश्यक अनुगमन र निर्देशन गरिने सचिवालयको दावी छ ।

    बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबारदेखि समीक्षा गोष्ठी गरेको थियो । सो समीक्षामा बिभिन्न सूचकमा प्राप्त प्राप्ताङ्कका आधारमा जनस्वास्थ्य कार्यालय ललितपुर प्रथम,  चितवन दोश्रो र मकवानपुर तेस्रो भएका छन् । त्यसैगरी काभ्रेपलाञ्चोक चौथो काठमाडौं पाचौं र धादिङ छैटौं भएका निर्देशनालयले जनाएको छ । सबैभन्दा कमजोर कार्यसम्पादन गर्ने जिल्लामा रसुवा परेको छ । रसुवाले ६० अंक हासिल गरेको छ ।

    स्वास्थ्य मन्त्री किरण थापाले समीक्षाबाट जनस्वास्थ्य कार्यालयको वास्तविक अवस्था पहिचान भएको भन्दै सोका आधारमा सुधारका कार्य अघि बढाउँन आवश्यक निर्देशन समेत दिएका छन् ।

     

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...