News Portal

  • माओवादी केन्द्रका प्रदेश अध्यक्ष पौडेलमै अल्झिए प्रधानमन्त्री ओली

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ कार्तिक २०८१
    ८६९ पटक
    भक्तपुर, ११ कार्तिक २०८१

    प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रप्रति आक्रामक बनेका छन् । खासगरी उनी सो पार्टीका बागमती प्रदेश अध्यक्ष माथि खनिएका छन् ।

    आइतबार एनआरएनको वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले माओवादीले हतियार बिसाएको मात्र हो, चलाउन बिर्सेको छैन भनेर धम्क्याएको बताए । शनिवार माओवादी केन्द्रले प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दै सरकार र प्रधानमन्त्रीलाई सचेत गराएको भएपनि सो पार्टीका प्रमुख बक्ता एवं अध्यक्ष प्रचण्डले भने त्यस्तो अभिव्यक्ति दिएका थिएनन ।

    प्रधानमन्त्री ओलीले भने, ”हिजो एक जना उफ्री उफ्री भाषण गर्दै थिए, हतियार बिसाएको मात्र हो भ्रम नरहोस्, चलाउन बिर्सेको छैन रे’, उनले थपे, ”हतियार कसरी बिसाउन लगाउने हामी लाई राम्ररी थाहा छ ।”

    प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले अझै धम्क्याएर खान खोजेको आरोप लगाए । हतियार कसरी बिसाउन लगाउने भन्नेबारे आफूलाई थाहा भएकोले धम्की नदिन उनले चेतावनी पनि दिए । प्रधानमन्त्रीले त्यहीं रुपमा प्रस्तुत हुन नमिल्ने भन्दै उनले भने, ”हामी हतियार चलाउन त चलाउँदैनौ तर, बिसाउन लगाउन जानेका छौं ।’

    शनिवार माओवादी केन्द्रको खबरदारी सभामा अध्यक्ष प्रचण्डले हतियार उठाउने कुरा भने गरेका थिएनन । प्रधानमन्त्री ओलीले भने जस्तो चेतावनी भने खबरदारी सभाका आयोजक समेत रहेका माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष एवं कार्यक्रम संचालक सरल सहयात्री पौडेलको थियो । उनले हतियार बिसाएको तर, चलाउन अझै नबिर्सेको बताएका थिए । सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काउनु पर्ने एमाले अध्यक्ष ओली माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलमै अल्झिएका छन् ।

    पार्टीको खबरदारी सभामा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले आफू ७० वर्ष पुगेपनि अर्को क्रान्ति गर्ने आँट रहेको त बताएका थिए । तर, उनले अब जनताको छोराछोरीले हतियार बोकेर नभई उत्पादनको औजार बोकेर क्रान्ति गर्ने उद्घोष गरेका थिए । आफूले त्यसको अगुवाई गर्ने प्रचण्डले प्रष्ट पारेका थिए ।

    प्रधानमन्त्री ओलीलाई सुशासनको आफ्नो कदम र भ्रष्टाचार बिरुद्ध आफ्नो सरकारले उठाएको फाइलबारे सभ्य भाषामा संसदमा प्रश्न सोध्ने र नदिए सडकमा घिसारेरै भएपनि जवाफ लिने भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासनमा रहन सरकारलाई खबरदारी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...