News Portal

  • भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ कार्तिक २०८१
    ५२७ पटक
    भक्तपुर, ११ कार्तिक २०८१

    महिला फुटबलको साफ च्याम्पियनशिपमा नेपाल फ़ाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकर(पेनाल्टी सुट)मा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

    निर्धारित समयमा १–१ गोलले बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेपालले ४–२ को अग्रता हासिल गर्दै बिजयी बनेको छ ।

    खेलको दोश्रो हाफको ७१ औं मिनेटमा भारतीय टोलीले गोल गरेको थियो । सो खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु गरेपछि नेपालले गोल फर्काएको थियो। तर, गोललाई पहिले मान्यता दिएपनि पछि मान्यता नदिने निर्णय भएपछि तनाव उत्पन्न भएको थियो र खेल अवरुद्ध भएको थियो ।

    पछि पुन सुचारु खेलमा नेपालले गोल फर्काएको हो । सावित्रा भण्डारी साम्बाले उक्त गोल गरेकी हुन्। दोश्रो हाफको ७१ औं मिनेटमा भारतका लागि संगीताले गोल गरेकी थिइन् ।

    यस अघि नै नेपाली खेलाडी रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिनु परेपछि घरेलु दर्शक आक्रोशित बनेका थिए र त्यतिबेला पनि खेल रोक्नुपरेको थियो । साफ च्याम्पियनशिप प्रतियोगिता दशरथ रंगशालामा भैरहेको छ । घरेलु दर्शकले रंगशाला खचाखच भरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...