News Portal

  • चाँगुनारायण नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण शुरु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ कार्तिक २०८१
    ४०५ पटक
    भक्तपुर, १२ कार्तिक २०८१

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले राष्ट्रिय परिचय पत्र वितरण शुरु गरेको छ । सोमबारबाट राष्ट्रिय परिचय पत्र वितरण शुरु गरिएको हो ।

    पहिलो सेवाग्राहीका रूपमा वडा नम्बर २ का टीकाकृष्ण शर्माले राष्ट्रिय परिचय पत्र पाएका छन् । शर्मालाई राष्ट्रिय परिचय पत्र प्रदान गर्दै मेयर जीवन खत्रीले राष्ट्रिय परिचय पत्र वितरण शुरु गरिएको घोषणा गरेका हुन् ।

    आर्थिक वर्ष २०७७/७८ मा विवरण संकलन भएकाहरुको राष्ट्रिय परिचय पत्र तयार भएर आएको र सोमबारबाट वितरण शुरु भएको सामाजिक विकास शाखा प्रमुख निला घिमिरेले बताइन् ।

    पहिलो चरणमा ३० हजार राष्ट्रिय परिचय पत्र वितरण गरिने घिमिरेले बताएकी छन् । मोबाइलमा संदेश आएपछि मात्र राष्ट्रिय परिचय पत्र संकलनका लागि नगरपालिकामा सम्पर्क गर्न घिमिरेले आग्रह गरेकी छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...