News Portal

  • विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोप्रति राष्ट्रपति पौडेल चिन्तित

    भक्तपुरपोस्ट संवाददाताकाठमाडौ, १३ कार्तिक २०८१
    ४११ पटक
    काठमाडौ, १३ कार्तिक २०८१

    राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोभन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी विदेशिने प्रवृत्ति समयमै रोक्नपर्नेमा उनले जोड दिएका छन् ।

    मंगलबार शिक्षा पत्रकार समूहले बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति पौडेलले १२ सक्न साथ विद्यार्थी विदेशिने अवस्था हटाउनु पर्ने स्पष्ट पारे । ‘शहरका विद्यार्थी विदेशिने र गाउँका विद्यार्थी शहर जाने प्रवृत्ति बढ्दा गाउँका विद्यालयहरु रित्तिएको अवस्था छ ।’ राष्ट्रपति पौडेलले भने, ‘विद्यार्थी अभावमा गाउँका विद्यालयहरु आपसमा खप्टिनुपर्ने अवस्था छ, विद्यार्थीहरु खर्च गर्दै विदेशिनु दुर्भाग्यपूर्ण छ ।’ विद्यार्थी विदेशिने अवस्था रोक्न सरकारलाई घचघच्याउन र खबरदारी गर्न शिक्षा पत्रकार समूहलाई उनको आग्रह थियो ।

    स्वर्ग जस्तो सुन्दर देश नेपाल सबै मिलेर सम्पन्न बनाउनुपर्ने भन्दै राष्ट्रपति पौडेलले जनशक्तिको विदेश पलायन रोक्न सबै लाग्नुपर्ने बताए । यस्ता विषयमा सरकारलाई खबरदारी गर्ने विषयमा शिक्षा पत्रकारहरुका कलम चल्नुपर्ने उनको भनाइ छ ।

    शिक्षा पत्रकार समूहले विद्यालय शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो संसदबाट अनुमोदन,सार्वजनिक विद्यालयको सिकाइ उपलब्धि सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, विद्यालयको पहुँच विस्तार, संविधानः निशुल्क र अनिवार्य शिक्षाको कार्यानवयन लगायतका लागि चासो र पहलकदमी लिइदिन राष्ट्रपतिलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

    सोही अवसरमा समूहले विगत २५ वर्ष देखिका टेकोले धानेको घर, कसीमा निजी विद्यालय, शिक्षाका चार मुद्दा, चित्र विचित्र, विद्यालयमा माध्यम भाषा, शिक्षाका सारथीलगायत दर्जन बढी आफ्ना प्रकाशनहरु राष्ट्रपतिलाई हस्तान्तरण गरेको थियो ।
    रजत वर्ष र नयाँ कार्यसमिति चयन भएको अवसरमा समूहका नवनिर्वाचित अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा समूहको टोलीले मंगलबार राष्ट्रपति निवास पुगेर राष्ट्रपति समक्ष समसामयिक शिक्षासम्बन्धी ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

    टोलीमा समूहका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष निर्जला कक्षपति, वरिष्ठ उपाध्यक्ष जनक नेपाल, उपाध्यक्ष नवराज चालिसे, महासचिव रोशन क्षेत्री गाउँले, सचिव प्रज्ञा तिमल्सिना, कोषध्यक्ष सबिना बानिया, सदस्यहरु संजीप घिमिरे शुभचिन्तक, रोजिना थापा कार्की, अमृता बुढाथोकी, पूर्व अध्यक्ष सुदर्शन सिग्देल, सदस्यहरु ओमप्रकाश घिमिरे, उमेश पोखरेललगायत सहभागी थिए ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...