News Portal

  • सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ कार्तिक २०८१
    ३६१ पटक
    भक्तपुर, १४ कार्तिक २०८१

    भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत वर्षको बिजेता महेन्द्र विद्याश्रमलाई पछि पार्दै सरस्वतीले उपाधी उचालेको हो ।

    प्रतियोगितामा महेन्द्र विद्याश्रम दोस्रो र एड्भान्स एकेडेमीले तृतियस्थान प्राप्त गरेका छन् । सान्त्वना स्थानमा विनायक शिक्षा निकेतन र जनप्रेमी उच्च मावि रहेका छन् ।

    आकर्षण, मौलिकता र सृजनशीलता लगायतलाई आधार मानी मूल्यांकन गर्दा सो नतिजा आएको प्रतियोगितामा निर्णायक रहेका कलाकर्मी तथा सञ्चारकर्मी जीवन ढुङ्गानाले जानकारी दिए ।

    भक्तपुर नगरपालिका वडा नम्बर १० मुलढोकास्थित आयोजक इष्ट पोइण्ट एकेडेमीले हरेक वर्ष विद्यालय स्तरीय देउसी भैलो प्रतियोगिताको आयोजना गर्दै आएको छ । मंगलवार समन्न प्रतियोगितामा १ दर्जन विद्यालयले प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीलाई परस्परा र संस्कृति बुझ्न र जगेर्ना गर्न प्रेरित गर्ने  उदेश्यले प्रतियोगिता गर्दै आएको विद्यालयका संस्थापक प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले बताएका छन् ।

    प्रतियोगिताको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले नगरपालिकाले निरन्तर रुपमा सम्पदा संरक्षण सँगसँगै कला र सँस्कृतिको संरक्षण गरिरहेको अवगत गराएकी थिइन् ।

    उनले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी विद्यार्थीहरुलाई कला,संस्कृति र सम्पदा सम्बन्धी ज्ञान दिएको दावी गरिन ।

    सो अवसरमा विशेष अतिथि रहेका बाजुरा जिल्ला अदालतका जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले नेपाल विभिन्न जात जाती र धर्म संस्कृति मान्ने थलो भएको हुँदा धार्मिक सहिष्णुता र एक आपसमा सद्भाव कायम गर्न यस्ता कार्यक्रम सहयोगी सिद्ध हुने बिश्वास ब्यक्त गरे । यस्ता कार्यक्रमले नयाँ पुस्तामा पर्वप्रति उत्साह र अपनत्व जागृत गराउने उनले बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...