News Portal

  • भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ कार्तिक २०८१
    १८९ पटक
    भक्तपुर, १४ कार्तिक २०८१

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार वितरणसहित सम्पन्न भएको हो ।

    नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १५ वटा विभिन्न खेलकुदका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र सिल्ड वितरण गरिएको थियो ।

    कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमुख अतिथि प्रेम सुवाल, विशेष अतिथिद्वय बागमती प्रदेश सभा सदस्य सृजना सैंजु र भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले ट्रफि, मेडल, प्रमाणपत्र र खेलकुद सामग्री वितरण गरेका थिए ।

    भक्तपुर नपाको आयोजनामा भएको ६ दिने खेल महोत्सवमा नगरभित्रका ८४ वटा विद्यालयका २ हजार ८ सय ४६ जना विद्यार्थीहरुले प्रतियोगितामा उत्सापूर्वक भाग लिएका थिए ।

    प्रतियोगिताअन्तर्गत बिजयी खेलाडीहरुको लागि नगरपालिकाले १ हजार २ वटा मेडल र ६८ वटा ट्रफीको व्यवस्था र ३७ जना उदीयमान खेलाडी घोषणा गरेर सममान प्रदान गरेको छ ।

    समापन कार्यक्रममा सांसद सुवालले खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकताको लागि हुनुपर्छ भन्दै खेलकुद शारीरिक व्यायाम हो र यसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने बताए ।
    खेलमैदान निर्माणले खेलाडीहरुमा उत्साह थपिने बताउँदै उनले खेलकुदको माध्यमबाट खेलाडीहरुको व्यक्तित्व विकासमा मद्दत मिल्ने पनि बताए ।

    खेलमा हारजित भन्दा पनि मित्रता र अनुशासन महत्वपूर्ण हुने बताउदै उनले देशको सार्वभौमिकता जोगाउनुपर्ने बेला खेलाडीहरु अग्र मोर्चामा उभिनुपर्ने आवश्यकता औल्याए ।

    भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित ८०० वर्ष पुरानो भाजु पुखु पुनःनिर्माण कार्यले भक्तपुर क्याम्पस र पोखरी परिसर अझ सुन्दर देखिएको बताउँदै पोखरीको दक्षिणपट्टीको डिल निर्माण पनि सम्पदा संरक्षणकै सिलसिला भएको हुँदा क्याम्पस र पोखरीबीच समन्वयकारी भूमिका रहनुपर्ने उनको भनाइ छ ।

    कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विद्यालय र विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै सहभागी सम्पूर्ण खेलाडी र विद्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    उनले खेलकुद प्रतियोगिता अवधिभर सिंगो भक्तपुर खेलकुदमय बनेको बताउँदै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार निर्माणको क्रममा नपाले काम गरिरहेको बताए ।

    खेलाडीहरुले अध्ययनसँगै खेलकुदमा पनि जोड दिन आग्रह गर्दै प्रमुख प्रजापतिले देशको लागि आवश्यक अनुशासित नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले विविध गतिविधि सञ्चालनमा जोड दिँदै आएको उल्लेख गरे ।
    भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन राख्न जग्गा अभाव भएको सन्दर्भलाई जोड्दै उनले भक्तपुर नपाले भक्तपुर अस्पताललाई आवश्यक सहयोग निरन्तर गर्दै आइरहेको पनि सोही क्रममा प्रष्ट पारे ।

    बागमती प्रदेश सांसद सृजना सैंजुले नगरपालिकाको आयोजनामा भएको खेल महोत्सव आफैमा खेल सिकाइको महत्वपूर्ण उपलब्धी भएको बताउँदै खेलकुदको माधयमबाट पनि राष्ट्रिय र देशभक्तिपूर्ण भावना उजागर गर्न सकिन्छ भन्ने दृष्टान्तहरु प्रस्तुत गरिन ।

    इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको नरसंहारको विरोध र प्यालेष्टाइनी जनताप्रति ऐक्यबद्धता जनाउनु न्यायप्रेमी जनताको कर्तव्य भएको बताउँदै उनले खेलाडीहरुले फासीवादको विरोध गर्नुपर्नेमा जोड दिइन ।

    कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, खेलकुद समितिका सदस्य उकेश कवां,उपेन्द्र सुवाल र रामसुन्दर बासीले पनि खेलकुदको महत्व र नगरपालिकाको प्राथमिकताबारे प्रकाश पारे

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...