News Portal

  • चक्रपाणि कथा प्रतियोगितामा शिवराज शाहीको सन्तानको फोटो प्रथम, उत्कृष्ट पाँचले पाए पुरस्कार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० कार्तिक २०८१
    १७१८ पटक
    chakrapani katha pratiyogitaभक्तपुर, २० कार्तिक २०८१

    “चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले मंगलवार प्रतियोगिताको नतिजा सार्वजनिक एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

    कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज शाहीको कथा ”सन्तानको फोटो”ले प्रथम पुरस्कार जितेको छ । उनले प्रमाणपत्र संगै रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । लौहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ को “मैले नभित्राएकी बुहारी”ले द्वितीय पुरस्कार प्राप्त गरेको छ । उनलेसंगै प्रमाण पत्रसंगै नगद रु २० हजार प्राप्त गरेका छन् । त्यसैगरी रुपक अलंकार को कथा ”बङ्गाली बाबा”ले तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको छ । उनले प्रमाण पत्रसंगै नगद रु १० हजार प्राप्त गरेका छन् ।

    प्रतियोगितामा तनहुँका प्रतियोगी प्रकाश नेपालीको कथा “मेलम्ची कहिले सुक्छ सरकार” र अनिता पन्थीको “जुगुप्सा” ले क्रमस: तेस्रो र चौथों हुँदै रु. ५ हजार राशीसहितको “आरुषी महर्जन” गुणवत्ता पुरस्कार प्राप्त गरेका छन् ।

    कथा प्रतियोगितामा वरिष्ठ कवि शैलेन्द्र साकार, कथाकार इस्माली(महेश्वरप्रसाद उपाध्याय) र समालोचक डा. बिन्दु शर्मा त्रयले निर्णायकको भूमिका निर्वाह गरेका आयोजक चक्रपाणि स्मारक प्रतिष्ठानले जनाएको छ । निर्णायक रहेकी समालोचक डा बिन्दु शर्माले प्रतियोगितामा ६६ कथा सहभागी रहेका र आफूहरुले कथाकारको नाम नहेरी मूल्यांकनका मापदण्डअनुरुप निर्णय गरेको बताएकी छन् ।

    प्रतियोगितामा प्राप्त प्राप्ताङ्कका आधारमा उत्कृष्ट ३० कथालाई चक्रपाणि कथा विशेषाङ्कमा समेटिएको प्रतिष्ठानका सदस्यसचिव रामगोपाल आशुतोषले बताएका छन् । कवि आशुतोष चक्रपाणि कथा विशेषाङ्कको कार्यकारी सम्पादकसमेत हुन् । सो पुस्तक बजारमा पनि पठाइने उनले जानकारी गराए । कार्यक्रममा सो विशेषाङ्क सार्वजनिक समेत गरिएको छ ।

    कार्यक्रममा समालोचक एवं साहित्यकार प्राडा गोविन्दराज भट्टराईलाई यस वर्षको चक्रपाणि स्मारक पुरस्कार प्रदान गरिएको छ भने एसईईमा सूर्यविनायक नगरभित्रबाट नेपाली विषयमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने दुई विद्यार्थीलाई बैजनाथ-सुभद्रा प्रोत्साहन पुरस्कार पनि प्रदान गरिएको छ । पुरस्कृत हुनेमा मोर्डन बोर्डिंग स्कुलकी छात्रा बुमिरा माकजू र युनिक इण्टरनेशनल स्कूलका छात्र विकास थापा रहेका छन् ।

    प्रतिष्ठानका अध्यक्ष राममणी ढुंगेलको अध्यक्षतामा सम्पन्न साहित्यकार चक्रपाणि चालिसेको १४२ औं जन्मजयन्ती समारोह, पुरस्कार वितरण एवं साहित्यिक कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवं सिमाविद द्वारिकानाथ ढुंगेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डा कुमार कोइराला, प्राडा गोविन्दप्रसाद भट्टराई शैलेन्द्र साकार, डा बिन्दु शर्मा, बैजनाथ चालिसे, वडाध्यक्ष राजकुमार जोशी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति लगायतको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष राजकुमार जोशीले अर्को पटकदेखि वार्षिक कार्यक्रमको आर्थिक भार वडाले व्यहोर्ने प्रतिवद्धता प्रकट गर्दै कटुन्जेलाई देशभर चिनाउने साहित्यकार चक्रपाणि चालिसेलाई यो माटोले कहिल्यै बिर्सन नसक्ने बताए .।

    सो अवसरमा सूर्यविनायक-५ कटुन्जेको चक्रपाणि चोकस्थित साहित्यकार चक्रपाणि चालिसेको स्मारक अघि उभिएर वरिष्ठ कवि शैलेन्द्र साकार, पदम दाहाल, युवा कवि सुरेश गाउँले, सञ्जय सुमन, दिलकुमारी डङ्गोल, वसन्त नकर्मी, तेजकुमार श्रेष्ठ, रेणुका भट्टराई, ज्ञानु विद्रोही र राजेश केसीले कविता वाचन समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...