News Portal

  • भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ कार्तिक २०८१
    १८९५ पटक
    भक्तपुर, २१ कार्तिक २०८१

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् ।

    पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा छ लेन सडक पार गर्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्र.०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उद्धार गरी नयाँ थिमिस्थित मध्यपुर अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा बुधवार बिमलाको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले बताए ।

    दुर्घटना गराई फरार रहेका मोटरसाइकल चालकलाई मोटरसाइकलसहित बुधवार नियन्त्रणमा लिइएको समेत डिएसपी नेउपानेले जानकारी दिएका छन् । मोटरसाइकल चालक रामेछापको सुनापती गाँउपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ दुवाकोट बस्ने २६ वर्षीय दिपक मानन्धर रहेका प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...