News Portal

  • भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ कार्तिक २०८१
    ५७३ पटक
    भक्तपुर, २१ कार्तिक २०८१

    भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अलपत्र परेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटी उनले निर्माण कार्य सुचारु गर्न आग्रह गरेका हुन् ।

    सांसद थापाले शिलान्यास भएको लामो समयसम्म पनि निर्माण कार्यले गति लिन नसकेको प्रति मन्त्रीलाई ध्यानाकर्षण गराएका उनका स्वकीय सचिव सुभाषिश ढकालले बताए । आवश्यक बजेट व्यवस्थापन र निर्माण कार्य सुचारु गर्न सांसद थापाले गरेको लिखित ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री शाहीले निर्माण कार्य अघि बढाउँन पहल गर्ने प्रतिवद्धता प्रकट गरेका भेटघाटमा संलग्न नेपाली काँग्रेस सूर्यविनायक नगर समितिका सभापति निशान ढुंगेलले जानकारी दिएका छन् ।

    भेटघाट अर्थपूर्ण भएको सांसद थापाको भनाइ छ । अलपत्र अवस्थामा रहेको उद्यान निर्माण कार्य पुन: सुचारु हुने र बहुप्रतिक्षित राष्ट्रिय प्राणी उद्यान बन्ने उनले बिश्वास व्यक्त गरेका छन्।

    राष्ट्रिय प्राणी उद्यानबारे
    २०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशीलप्रसाद कोइराला नेतृत्वको मन्त्रीपरिषदले भक्तपुरको सूर्यविनायक जंगल क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान (प्राकृतिक चिडियाघर) बनाउने निर्णय गरेको थियो । त्यसबेला नेपाली काँग्रेसका नेता महेश आचार्य वनमन्त्री र भक्तपुरका एमाले नेता महेश बस्नेत उद्योग मन्त्री रहेका थिए भने संविधान सभा सदस्यको रुपमा काँग्रेस नेता रामेश्वर ढुंगेल जनप्रतिनिधि थिए ।

    वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला उनले २०७३ असारमा २ वर्ष भित्र बन्यजन्तु राख्ने गरी यो उद्यान निर्माणको शिल्यान्यास समेत गरे । सो समयमा नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटा वनमन्त्री रहेका थिए ।

    २ वर्षभित्रमा वन्यजन्तु तथा पशुपन्छी राखेर सञ्चालन गर्ने भनिएपनि यो उद्यान बन्न नसकेको ८ वर्ष भयो । शुरु वर्षमा कछुवा गतिमा काम भएपनि अचेल निर्माण कार्य अलपत्र छ । पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले शिलान्यास गरेको यो उद्यान उनी चौथो पटक प्रधानमन्त्री हुँदा समेत बन्ने स्थितिमा छैन । प्रधानमन्त्री ओली भक्तपुरको सूर्यविनायक नगर निवासी समेत हुन् । तर, सरकारले नै राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना स्वीकृत नगर्दा काम अघि बढ्न नसकेको यहाँका कर्मचारीहरुले बताउने गरेका छन् ।

    सूर्यविनायकको २ सय ४५ हेक्टर वन क्षेत्रमा बिकास गर्ने भनिएको राष्ट्रिय प्राणी उद्यानको निर्माण अलपत्र पर्दा यसले यहाँका नेताहरुलाई मात्र नभई सरकारलाई नै गिज्याइरहेको छ ।

    सूर्यविनायक क्षेत्र बाट निर्वाचित भएका सांसद दुर्लभ थापा, सामानुपातिक सांसद सन्तोष परियार र रमा कोइराला प्रतिनिधि सभामा पुगेका छन् । उनीहरुले संसदमा यसबारे ध्यानाकर्षण र ताकेता गर्ने हो भने निर्माण कार्यले गति लिनसक्ने स्थानीय सानुराजा कार्की बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...

    आर्गस एजुकेशनको भक्तपुर शाखा सूर्यविनायकमा शुरु, शैक्षिक परामर्श पाइने

    विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशनले नेपालमा अर्को शाखा भक्तपुरको सूर्यविनायकमा...

    चाँगुनारायणमा उप प्रधानमन्त्रीलाई तानातान

    भक्तपुरको चाँगुनारायणमा बिहीवार उप प्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह देखिए । स्मार्ट सिटी कार्यान्वयन...

    शहीद पत्नी एवं भक्तपुर कांग्रेसकी नेतृ झाको निधन

    शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ ।...

    एसईई दिने विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अभिमुखीकरण

    नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ...