News Portal

  • आज लौहपुरुष गणेशमानको ११०औँ जन्मजयन्ती, कटुन्जेमा काँग्रेसको कार्यक्रम

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ कार्तिक २०८१
    २५४ पटक
    भक्तपुर, २४ कार्तिक २०८१

    लौहपुरुष गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्ती आज शनिवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    भक्तपुरमा पनि सूनपा-५ कटुन्जेको गणेशमान सिंह स्मृति बाटिकास्थित उनको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । नेपाली काँग्रेस जिल्ला समितिको आयोजनामा बिहान ८ बजे माल्यार्पण कार्यक्रम आयोजना गरिएको पार्टी सचिव सुशील बस्नेतले बताए ।

    प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर रहेका नेपाली काँग्रेसका नेता सिंह तत्कालीन बेलामा सबै पार्टीका सर्वमान्य नेता थिए । सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रह सहर्ष त्याग गर्दै उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेको घटना अझै पनि नेपाली राजनीतिमा बिरलै देखिने त्यागको नमूना मान्ने गरिन्छ ।

    विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंह १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने र प्रजातन्त्र स्थापना गर्ने अभियानमा सक्रिय भएका थिए । प्रजातन्त्र अघि र पछि पटक पटक जेलनेल भोगेका उनी प्रजातन्त्रको पुनर्स्थापना नहुन्जेल आन्दोलनमा सक्रिय नै रहे । २०५४ सालमा उनको निधन भएको थियो । उनी नेपाली राजनीतिमा काँग्रेसले मात्र नभई कम्युनिष्टहरुले पनि बिश्वास गर्ने पात्र थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...