News Portal

  • उपत्यकाव्यापी अन्तर पालिका एकायन कराँते प्रतियोगिता शुरू

    बुद्धशरण शाही काठमाडौ, २४ कार्तिक २०८१
    ३७९ पटक
    काठमाडौ, २४ कार्तिक २०८१

    प्रथम उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा प्रतियोगिता शुरु भएको हो ।

    काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराँते सङ्घले आयोजना गरेको  प्रतियोगिता शनिवार सञ्चार उद्यमी भाष्करराज राजकर्णीकार र रघुवीर भक्त महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उनीहरुले एकायन कराँतेको बिकासका लागि सञ्चार क्षेत्रले सक्दो सहयोग पुर्याइरहेको प्रष्ट पार्दै निरन्तर सहयोग रहने प्रतिबद्धता पनि प्रकट गरेका छन् ।

    प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी कूल १४ तौल समूह रहेका र १ सय ९४ खेलाडी प्रतिस्पर्धामा उत्रिएका नेपाल एकायन कराँते सङ्घका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले बताएका छन् । यस प्रतियोगितामा काठमाडौँ महानगरपालिका भित्र सञ्चालित नेपाल एकायन कराँते सङ्घका विभिन्न शाखा तथा विद्यालय प्रशिक्षण केन्द्रहरूका खेलाडीले सहभागिता जनाएका उनले जानकारी दिए। प्रतियोगितामा दुई दिनसम्म चल्ने बताइएको छ ।

    प्रतियोगितामा प्रथम , द्वितीय र  तृतीय हुने खेलाडीहरुलाई  नगद तथा मेडलबाट सम्मान  गरिने आयोजकको भनाइ छ । समापन समारोहमा भने काठमाडौ महानगरकि उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यता रहने आयोजकको भनाइ छ ।

    नेपाल एकायन कराँते सङ्घ २०७२ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको हो । विगतमा विभिन्न राष्ट्रिय लगायत इन्डो–नेपाल र दक्षिण एसियाली एकायन प्रतियोगिता सम्पन्न गरिसकेको बताउनुहुँदै अब आगामी पुसमा एसियाली एकायन कराँते च्याम्पियन्सीपको आयोजना गर्ने तयारी गरिरहेको संघका सल्लाहकार शशि कपालीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...