News Portal

  • निराश जनतामा आशाको संचार गर्नुपर्ने दायित्व काँग्रेसको : सांसद थापा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ कार्तिक २०८१
    ७६२ पटक
    भक्तपुर, २४ कार्तिक २०८१

    नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा बताएका छन् । नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना भएको उनले बताए ।

    शनिवार कटुन्जेमा आयोजित लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्ती समारोहमा बोल्दै सांसद थापाले सर्वमान्य नेता गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि राजनीतिक क्रान्ति सकिएको र अब आर्थिक क्रान्ति गर्नुपर्ने उद्घोष गरेका भएपनि त्यो हुननसकेको प्रति दुख व्यक्त गरे ।

    नेताको आर्थिक प्रगति बढेको तर जनतामा भने निराशा मात्र बढेको उनले बताए ।”नेताको आर्थिक उन्नति भयो, जनताको भागमा निराशा मात्र रह्यो ।” उनले भने ।

    उनले प्रत्येक निराश जनतामा आशाको संचार गर्नुपर्ने दायित्व काँग्रेसले बोक्नुपर्ने पनि बताए । समस्या मात्र खोतल्ने नभई समस्याको समाधान दिनुपर्ने भन्दै सांसद थापाले सर्वसाधारण जनताका समस्या र गुनासा बढाउनेमा नभई समाधानका उपाय खोज्न आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिए ।

    प्रजातन्त्रको पुनर्बहालीका लागि आन्दोलनको कमान्डर रहेका गणेशमानले प्रजातन्त्र प्राप्तिपछि प्राप्त प्रधानमन्त्री बन्ने अफर त्यागेर आफ्ना समकक्षी कृष्ण प्रसाद भट्टराई लाई अघि सारेको स्मरण गर्दै उनले त्यो त्याग र आदर्श हरेक काँग्रेस नेताकार्यकर्तामा हुनुपर्ने आवश्यकता पनि औल्याए ।

    कार्यक्रममा उनले आफूलाई बिकास बिरोधी भनेर भ्रम छर्ने विपक्षीहरुले बिकासका नाममा भद्रगोल सिर्जना गरेका र भ्रष्टाचारमा लिप्त भएका आरोप लगाएका थिए ।

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले गुट उपगुटमा बाडिन पुगेको काँग्रेसले गणेशमान वाट सिक्नुपर्नेमा जोड दिए । गणेशमानले कोही व्यक्ति विशेषलाई आफ्नो नजिक नबनाएका र सबै काँग्रेसजनलाई उत्तिकै स्नेह गरेका उनले स्मरण गरे ।

    सो अवसरमा गणेशमान स्मृति बाटिकाका अध्यक्ष माथवरसिंह बस्नेतले श्रद्धा मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन यादव प्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठ, प्रदेश, जिल्ला र नगर समितिका पदाधिकारी, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, पूर्व मन्त्री कृष्णलाल भडेल, अग्रज नेता कविर राणा लगायतको उपस्थिति रहेको थियो ।

    सहभागीहरुले लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नुका साथै प्रजातान्त्रिक आन्दोलनमा उनको योगदानको स्मरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...