News Portal

  • भक्तपुरमा चोरीको आरोपमा युवक पक्राउ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ कार्तिक २०८१
    ६६७ पटक
    भक्तपुर, २८ कार्तिक २०८१

    भक्तपुरमा चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका-५ घर भई लौहकिन्थली बस्ने ३४ वर्षिय नविन भन्ने रवि कार्की रहेका छन् ।

    तिहारको समयमा गत कात्तिक १३ गते कोही नभएको मौकापारी मध्यपुर थिमि-२ रामेश्वर मन्दिर स्थित कृष्ण बहादुर कार्कीको कोठाबाट धनमाल चोरेको आरोपमा उनी पक्राउ परेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए । सुन, चाँदीको गरगहना तथा नगद सहित अन्दाजी २ लाख २० हजार बराबरको धनमाल चोरी भएको घटनामा अनुसन्धान गर्दा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    सिसिटिभी फुटेजका आधारमा अनुसन्धान गर्दा कार्की प्रहरी फन्दामा परेका हुन् । उनी यस अघि पनि चोरीको आरोपमा जेल बसेर आएका देखिएको प्रहरी वृत्त थिमिले बताएको छ । भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य अघि बढेको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् । थिमिमा तिहारकै समयमा लक्ष्मी पूजा गरी राखेको गरगहना चोरिएको घटनामा भने हालसम्म कोहीपनि पक्राउ पर्न नसकेको र खोजी कार्य भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...