News Portal

  • आन्तरिक पर्यटक तान्ने भक्तपुर नगरपालिकाको नीति : २५ वर्षपछि ‘भक्तपुर महोत्सव’

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २८ कार्तिक २०८१
    ३१९ पटक
    sunil prajapati bhaktapur mahotsabभक्तपुर, २८ कार्तिक २०८१

    भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । नगरपालिकाले २०७६ साल चैत ४ देखि ८ गते सम्म गर्ने भनिएको भक्तपुर महोत्सव तत्कालीन कोभिड-१९ महामारीको कारण स्थगित भएको थियो । २०५४ साल कात्तिक ६ देखि १० सम्म पहिलोपटक भक्तपुर महोत्सव गरेको नगरपालिकाले त्यसयता महोत्सव गर्न सकेको थिएन ।

    बुधवार पत्रकार सम्मेलनमार्फत नगर प्रमुख सुनिल प्रजापतिले आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिन भक्तपुर महोत्सव गर्ने सार्वजनिक गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै भक्तपुरको कला, संस्कृति,सम्पदा, सीप, जीवनशैली, सभ्यता, मौलिकता र स्थानीय उत्पादन लगायतको प्रवर्द्धन गर्ने महोत्सवको उदेश्य रहेको नगर प्रमुख प्रजापतिले बताए ।

    २५ वर्षयता महोत्सव गर्न नसकेपनि भक्तपुर नगरपालिकाको सडक महोत्सव, सन्ध्याकालीन सम्पदा पदयात्रा, स्थानीय उत्पादन तथा घरेलु मेला, पोखरीको पदयात्रा, बहाबही पदयात्राका साथ योमरी उत्सव लगायतका अनुभवले महोत्सवलाई प्रभावकारी बनाइने प्रमुख प्रजापतिले दावी गरेका छन् ।

    पाँचदिन सम्म चल्ने महोत्सवमा बाँसुरी बाजा प्रतियोगिता, भजन , नौबाजा, नगरा बादन लगायत परम्परागत र आधुनिक सास्कृतिक नाच प्रस्तुत गरिने उनले बताए । परम्परागत बाद्यवादन, खेलकुद, भेषभुषा र जात्रापर्वको जिवन्त प्रस्तुती रहने महोत्सवमा पुस्तक प्रदर्शनी, परम्परागत पेशा र सीपको प्रदर्शनी घरेलु उत्पादनको प्रदर्शनी समेत हुने नगर प्रमुख प्रजापतिले जानकारी दिए । खाना महोत्सव, दही महोत्सव, दिपावली लगायतको आयोजनाले महोत्सवलाई थप आकर्षक बनाइने उनले बताए । त्यसका अलावा पानीमा चल्ने साइकल, डुंगा र बालमैत्री खेलहरु पनि व्यवस्था गरिने उनले जानकारी गराए ।

    ”भुकम्पपछिको पुन:निर्माणमा नगरपालिकाले गरेको प्रगति देखाउन र कोभिड-१९ लगायतको महामारी तथा त्यसपछिको आर्थिक मन्दी झेलेर उठ्दै गरेको भक्तपुरको पर्यटन बिकासमा टेवा पुर्याउन महोत्सव प्रभावकारी हुनेछ ।” नगर प्रमुख प्रजापतिले भने । उनले दैनिक करिब १३ सयको हाराहारीमा बिदेशी पर्यटक भक्तपुर भित्रिने गरेका र महोत्सवले त्यसमा बढोत्तरी हुने बिश्वास व्यक्त गरे । अब भक्तपुर नगरले बिदेशी पर्यटकसंग मात्र आश्रित नभई आन्तरिक पर्यटकलाई आकर्षण गर्ने नीति अनुरुप महोत्सवका कार्यक्रम केन्द्रीत हुने पनि उनले खुलासा गरेका छन् । ”विश्वव्यापी आर्थिक मन्दी, दुई देशबीच बेलाबखत हुने लडाई र सरकारको गैजिम्मेवार क्रियाकलापले हाम्रो पर्यटन क्षेत्र लाई नकारात्मक प्रभाव पारेको छ, त्यसैले हामी आन्तरिक पर्यटनको बिकासमा अघि बढ्न खोज्दैछौं ।” उनले भने ।

    भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १ सय ६१ सदस्यीय महोत्सव मूल समारोह समिति बनाइएको र छुट्टै सचिवालय खडा गरी महोत्सवको तयारी तिब्र बनाएको उपप्रमुख रजनी जोशीले जनाएकी छन् । नगर क्षेत्रका ३२ स्थानलाई प्रदर्शनीस्थलको रुपमा व्यवस्था गरिने र त्यसको व्यवस्थापनका लागि वडाध्यक्ष र जनप्रतिनिधिको नेतृत्वमा बिभिन्न समिति समेत गठन गरि सकिएको उनको भनाइ छ ।

    भक्तपुर महोत्सवको सचिवालय संयोजक गौतम लासिवाले जनाए अनुसार महोत्सवका लागि नगरपालिकाले १ करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । जीवित संग्राहलयको रुपमा रहेको भक्तपुर नगरको ऐतिहासिक एवं पुरातात्वित दरवार क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सुचिकृत रहेको छ । पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने मुलमन्त्र लिएर अघि बढेको भक्तपुर नगरपालिकाले पर्यटन बिकासको क्षेत्रमा पुर्याएको योगदान उदाहरणीय रहँदै आएको छ । देशकै सबैभनदा सानो नगरपालिका भएपनि भक्तपुर नगरपालिका देशकै प्रमुख पर्यटकीय गन्तब्यस्थल मध्ये पर्दछ ।  भक्तपुर महोत्सवले भक्तपुरको पर्यटन बिकास गर्दै नगरवासीको आर्थिक गतिविधि बढाउँन महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले बिश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...