News Portal

  • रविप्रति नरम अभियन्ता पाठक सरकारप्रति गरम, देश अल्बानिया बनाउन लागेको आरोप

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ कार्तिक २०८१
    १००४ पटक
    भक्तपुर, २८ कार्तिक २०८१

    भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकले रास्वपा सभापति रवि लामिछानेलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका छन् । सहकारी ठगी सम्बन्धी मुद्दा लगाएर रविलाई थुन्न नहुने उनको भनाइ छ ।

    नेपाल प्रेस सोसाइटीले बुधवार सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अभियन्ता पाठकले रविलाई सहकारी ऋणी सम्म भन्न सकिने बताए । गोर्खा मिडियामा आएको सहकारीको रकम हेरेर उनलाई समात्ने आधार नभएको भन्दै अभियन्ता पाठकले रविलाई सरकारले नभई गोर्खा मिडियाले जवाफदेयी बनाउनसक्ने बताए ।

    ”ऋण लिएर नतिरेको हो भने सहकारीले चिठी काट्नु पर्यो नि, राज्य संयन्त्र लागेर समात्ने कार्य उचित होइन ।” उनले भने । भ्रष्टाचारको बिरोध गरेर उदाएको रास्वपा र त्यसका सभापति लामिछानेप्रति उनी नरम देखिए ।

    कुनै बेला पूर्वी युरोपमा अवस्थित अल्बानिया भन्ने देशसंग नेपालको तुलना गर्दै उनले त्यहाँका शासकले विचौलियासँग मिलेर देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएका कारण उक्त देश अन्धकारमा धकेलिएको बताउदै नेपालको हालत त्यस्तै हुने जिकिर गरे । ”कुनै पनि देशको सरकारले विचौलिया र माफियाहरूसँग मिलेर उनीहरूलाई लाभ हुने निर्णय सरकारबाट गराउँदै जान्छ भने त्यो देशको हविगत ढिलो चाँडो अल्बानिया जस्तै हुन्छ ।” उनले भने ।

    देशको वर्तमान अवस्थामा सरकारले चालेका कदमहरूलाई आलोचना गर्दै अभियन्ता पाठकले भने, “हाम्रो देशमा पनि ठूला ठूला निर्णयहरू विचौलिया र माफियाका प्रभावमा हुँदै आएको देखिन्छ। यदि यो क्रम रोकिएन भने हामी अल्बानिया जस्तै भयावह स्थितिमा पुग्नेछौं।” उनले हालका सरकारी नीति र योजना धेरैजसो व्यक्तिको स्वार्थसँग गाँसिएको भन्दै यसले नेपाललाई अल्बानियाको मार्गतर्फ धकेल्न खोजेको भन्दै चिन्ता व्यक्त गरे।पाठकले नेपालको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचारको गति यही हिसाबले अघि बढ्ने हो भने नेपाल छिट्टै अल्बानिया हुने बताए ।

    विशेषगरी युवाहरूलाई भ्रष्टाचारविरोधी अभियानमा अगाडि आउन आग्रह गर्दै उनले देशको भविष्य युवाहरूले बनाउनुपर्ने बताए । यदि आजको युवा पुस्ताले भ्रष्टाचारविरुद्ध आवाज बुलन्द नगर्ने हो भने आगामी देशले मूल्य चुकाउन बाध्य हुनेछ।” पाठकले प्रष्ट पारे । देशलाई भ्रष्टाचारको चंगुलबाट मुक्त गर्न युवा, नागरिक समाज र सरोकारवालाहरूले एकजुट भई अभियान चलाउनुपर्नेमा उनले जोड दिएका छन् ।

    नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अरुण महतले गरेका थिए । सो अवासरमा पत्रकार, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, अभियन्ता  र सरोकारवालाको उल्लेख्य उपस्थिति थियो । सहभागीहरूले भ्रष्टाचार रोकथाममा राज्यको भूमिका कमजोर रहेको र नागरिक स्तरमा सशक्त अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...