News Portal

  • ९४ वर्षीया महिला शंकास्पद अवस्थामा मृत फेला

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ कार्तिक २०८१
    ७७३ पटक
    भक्तपुर, २९ कार्तिक २०८१

    भक्तपुरमा एक जेष्ठ नागरिक महिला दुबै खुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । बुधवार साँझ सवा ५ बजेको समयमा उनी आफ्नै घरमा मृत फेला परेकी हुन् ।

    मृतक भक्तपुर नगरपालिका वडा नं. ३ दरवारस्क्वायरस्थित इछुगल्लीमा बस्ने ९४ वर्षीया विष्णु कुमारी त्वयना भएको वडाध्यक्ष राजकुमार गोराले जानकारी गराए । आफ्नै घरको चौथो तल्लामा एक्लै बस्दै आएकी त्वयना आफु सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा मृत फेला परेकी उनको भनाइ छ ।

    वडाध्यक्ष गोराका अनुसार मृतकका ४ भाइ छोराहरू भएपनि उनी एक्लै बस्दै आएकी थिइन् । उनका छोराहरु भने सूर्यविनायक सरेका थिए । बुधबार दिनभर सासुलाई घर बाहिर नदेखेपछि नजिकै क्युरियो पसल सञ्चालन गर्दै आएकी उनकी कान्छी बुहारी हेर्न जाँदा उनलाई खुट्टा बाँधिएको अवस्थामा मृत फेला पारेको स्थानीयले बताएका छन् ।

    प्रकृति हेर्दा चाेरी प्रयासको लागि बाँधिएको र मुखमा कपडा कोचिएको जस्ताे देखिएपनि चाेरी नभएको हुँदा घटना शङ्कास्पद भएको स्थानीयको भनाइ छ ।

    शवलाई प्रारम्भिक अनुसन्धान र मुचुल्का उठाइ पोस्ट्मार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पुर्याइएको छ । पोस्टमार्टमको रिपोर्ट नआई हत्या भनिहाल्ने अवस्था नरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी ढुन्डिराज नेउपानेले जानकारी दिएका छन् । डेरामा बस्ने एक जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...