News Portal

  • ट्राफिक प्रहरीलाई प्रदेश सरकारको ५ सय स्मार्ट फोन, डिजिटल लाइसेन्स जाचमा प्रयोग हुने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० कार्तिक २०८१
    ६२८ पटक
    भक्तपुर, ३० कार्तिक २०८१

    बागमती प्रदेश सरकारले उपत्यका ट्राफिक प्रहरीका लागि स्मार्ट फोन हस्तान्तरण गरेको छ । डिजिटल सवारी चालक अनुमती पत्र(लाइसेन्स)नियमनको लागि स्मार्ट फोन हस्तान्तरण गरिएको हो ।

    प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा शुक्रबार ललितपुरमा आयोजित स्मार्ट फोन हस्तान्तरण कार्यक्रममा मुख्य मन्त्री बहादुरसिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलाई स्मार्ट फोन हस्तान्तरण गरेका हुन् । श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले ५ सय वटा स्मार्ट फोन उपलब्ध गराएको बताए । उपत्यका ट्राफिकका लागि थप फोन सेट क्रमशः उपलब्ध गराउदै जाने पनि उनले जानकारी गराएका छन् ।

    कार्यक्रममा बागमती प्रदेश भित्र साढे ८ लाख लाइसेन्स बितरण नै हुन नसकेको उल्लेख गर्दै श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले लाइसेन्स डिजिटलाइजेशनले सेवाग्राहीलाई सुविधा पुगेको प्रष्ट पार्दै नागरिक एप्समा लाइसेन्स नम्बर राख्नासाथ डिजिटल लाइसेन्स उपलब्ध हुने र त्यसलाई आधिकारिक लाइसेन्स मानिने ब्यवस्था गरिएको बताए ।

    सो अवसरमा प्रहरी महानिरीक्षक कुवँरले प्राप्त स्मार्ट फोनले लाइसेन्स जाँच र इ-चलानको सेवाप्रवाह प्रभावकारी पार्न मद्दत पुग्ने बताए । त्यसैगरी मुख्यमन्त्री लामाले सवारी चालक अनुमती पत्र बोकेर हिड्नु बर्ने बाध्यता सरकारले हटाएको र मोबाइलबाटै लाइसेन्स जाँच र कार्वाही गर्नसक्ने सिस्टम बिकास गरिएको बताउँदै बागमती प्रदेश सरकार थप प्रविधि मैत्री बन्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

    कार्यक्रममा पूर्व मन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश सभा सदस्य मधुसूदन पौडेल, यातायात ब्यवस्था बिभागका महानिर्देशक राजिव पोखरेल, उपत्यका प्रहरी प्रमुख एआइजीपी किरण बज्राचार्य, यातायात ब्यवस्था कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको यातायात ब्यवस्था कार्यालय(लाइसेन्स) भक्तपुरका कार्यालय प्रमुख डण्डबहादुर बस्नेतले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...