News Portal

  • एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ मङ्सिर २०८१
    ८९४ पटक
    भक्तपुर, १ मङ्सिर २०८१

    नेसनल प्याव्सन भक्तपुरले ८३ जना शिक्षकलाई एकैपटक सम्मान गरेको छ । नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा शुक्रबार ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् ।

    नेसनल प्याव्सन भक्तपुरमा आवद्ध एउटै सदस्य विद्यालयहरुमा १ दशक बढी समय निरन्तर अध्यापनरत शिक्षकहरुलाई “दीर्घ शिक्षा सेवा” सम्मान बाट सम्मानित गरिएको संस्थाका अध्यक्ष संजय खड्काले बयाए । कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले दीर्घ शिक्षा सेवा सम्मान पत्र प्रदान गरेका थिए भने नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले दोसल्ला ओढाएका थिए ।

    सो अवसरमा प्रमुख अतिथि रहेका मन्त्री थापाले शिक्षा सेवामा समर्पित शिक्षकहरुको थप सक्रियता र ईमान्दारीताको कामना गर्दै शिक्षकलाई सम्मान गरेकोमा नेसनल प्याव्सन भक्तपुरप्रति आभार प्रकट गरे । मन्त्री थापाले आफू सूर्यविनायक क्षेत्रको जनप्रतिनिधि पनि भएकोले यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, समाजकल्याण र विकास निर्माण लगायतमा सदैव सहयोग गर्ने प्रष्ट पार्दै विद्यालयमा स्वास्थ्य शिविर संचालन गरे आफ्नो सहयोग रहने आश्वासन समेत दिए ।

    स्वास्थ्य मन्त्री भए देखि बागमती प्रदेशका १३ जिल्लाको स्वास्थ्यको जिम्मा इमानदारी पूर्वक बहन गरिरहेको र आफ्नो कार्यकाल अविस्मरणीय बनाउन लागिपरेको उनले जानकारी गराए ।

    नेसनल प्याव्सनको जिल्ला अध्यक्ष संजय खड्काको सभापत्तित्वमा सम्पन्न नवौं वार्षिक साधारण सभाको उदघाटन समारोह सचिव कुमार थापामगरले संचालन गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवांकाे र धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष रामप्रसाद खाताखोको रहेको थियो ।

    कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबी खड्का, बागमति प्रदेश उपाध्यक्ष पुण्यराम कवां, सहकोषाध्यक्ष साधुराम गैडा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, पुस्तक तथा स्टेसनरी ब्यवसायी संघका जिल्ला सचिव महेश थापा लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा हिज्जे प्रतियोगिता ऋतम्भरा पाठशालाले, चित्रकला यूनिटी स्कुलले र नृत्यकला स्टुडेन्ट एकेडेमीले आयोजना गरेकाले ३ वटा स्कुललाई नै प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै, सदस्य विद्यालय सरस पाठशालाका प्रिन्सिपल ईन्द्र प्रसाद खाइतूलाई पनि संस्थाको तर्फबाट “ईन्द्रीय रङ्गहरु” पुस्तक प्रकाशन गरेकोमा बधाई एवं सम्मान प्रदान गरिएको थियो ।

    नवौं वार्षिक साधारण सभाको बन्द सत्रले कार्यसमिति सदस्यमा विपिन गुमान्जू, अनिश राई र सूर्य घिसिगंलाई मनोनित गरेको अध्यक्ष खड्काले बताएका छन् । साधारण सभाले अध्यक्षको भावी कार्ययोजना, सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गर्नुका साथै सदस्य विद्यालयको विकास र शैक्षिक क्रियाकलापमा सुदृढिकरणको लागि बिभिन्न प्रस्तावहरु पारित गरेको उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...