News Portal

  • चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    भक्तपुरपोष्ट संवाददाता मध्यपुर थिमि, ४ मङ्सिर २०८१
    १९१ पटक
    मध्यपुर थिमि, ४ मङ्सिर २०८१

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर थिमि-६ निकोसेरास्थित निजी निवासबाट उनी पक्राउ परेका हुन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता रहेका एसपी होविन्द्र बोगटीले प्रसाईलाई जिल्ला अदालत काठमाडौंको अनुमति लिएर पक्राउ गरिएको बताएका छन् । प्रसाईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भ्रामक समाचार फैलाएको अभियोग लागेको छ । सोही अभियोगआमा पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई साइवर ब्युरो भोटाहिटी पठाईएको एसपी बोगटीले बताए ।

    प्रसाईंमाथि ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही अघि बढाउने बताइएको छ । ५३ वर्षीय प्रसाई यस अघि पनि विद्युतीय कारोबार ऐन आकर्षित हुँदा गत असोजमा पक्राउ परेका थिए । नेकपा(एमाले)को केन्द्रीय सदस्य एवं उद्योग, व्यापार विभागको उपप्रमुख रही सकेका उनी पछिल्लो समय आफ्नै नेतृत्वमा अभियान संचालन गरी चर्चामा रहेका छन् । विशेषत: एमाले अध्यक्ष ओली माथि उनी आक्रामक देखिन्छन । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको नै बिरुद्धमा उभिएका उनी बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर्ने अभियान संचालन गरेर राजनीतिमा चर्चित भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...