News Portal

  • उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    भक्तपुर पोष्ट संवाददाता रुकुमपूर्व, ५ मंसिर २०८१
    ५७१ पटक
    रुकुमपूर्व, ५ मंसिर २०८१

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी मनाेनयनसँगै रुकुमपूर्वमा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

    पुथा उत्तरगङ्गा गाउँपालिका २ को वडा अध्यक्ष पदमा जगत घर्ती निर्बिरोध निर्वाचित भएका हुन् । काग्रेस एमालेको तर्फबाट संयुक्त उम्मेदवारी दिएका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार रहेका शुक्रराज शिर्पालीले उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीलाई समर्थन गरेपछि पुथाउत्तरगंगा पुथा उत्तरगङ्गा गाउँपालिका-२ बाट माओवादी केन्द्रले बिजयको खाता खोलेको छ ।

    यस अघि पनि सो वडा माओवादी केन्द्रले नै जितेको थियो र अध्यक्षको दुर्घटनामा मृत्युु भएकोले सो पद रिक्त भएको थियो । रुकुमपूर्व माओवादी केन्द्रको गढको रुपमा रहँदै आएको छ । सत्तारुढ गठबन्धनबाट एमाले उम्मेदवार जीवन रोकाले उम्मेद्वारी दिएको भएता पनि जित्ने आधार नदेखेपछि उम्मेद्वारी फिर्ता लिएर माओवादी केन्द्रका जगत घर्तीलाई समर्थन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...