News Portal

  • एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ मंसिर २०८१
    ५६५ पटक
    भक्तपुर, ५ मंसिर २०८१

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन् ।पार्टीका बागमती प्रदेश कमिटी इन्चार्ज रहेका नेता डा राजन भट्टराई कम्बोडिया उडेका हुन् ।

    बुधबार साँझ आफैले सामाजिक सञ्जालमार्फत उनले सोकुरा खुलासा गर्दै जागरण सभामा आफूले पाएको संयोजक जिम्मेवारी प्रदेश अध्यक्ष कैलाश ढुंगेल लाई दिएको समेत सार्वजनिक गरेका छन् ।

    आइसीएपीपीको १२ औँ अधिवेशनमा पार्टीको तर्फबाट सहभागि हुनपरेको उनले प्रष्ट पारेपनि राजनीतिक वृत्तमा अनेक टिकाटिप्पणी भएका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले प्रधानमन्त्रीका विदेश मामिला हेर्ने बिश्वासपात्र राजन भट्टराई कम्बोडिया उड्नुमा आशंका व्यक्त गरेका छन् । सामाजिक संजालमा उनले चुरो कुरो के रहेछ हँ ? भन्दै प्रश्न समेत तेर्साएका छन् । गौतम अघिल्लो सरकारमा उपप्रधान एवं गृह मन्त्री रहेका नारायणकाजी श्रेष्ठका प्रमुख स्वकीय सचिव रहेका थिए ।

    मेडिकल व्यवसायी रहेका व्यवस्था बिरोधी नेता दुर्गाप्रसाद प्रसाईले एमाले अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । सोही कसुरमा प्रहरीले उनलाई पक्राउ गरी साइबर ब्युरो भोटाहिटी पुर्याएको छ । प्रसाईमाथि अफवाह फैलाएको आरोप छ ।

    यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विषयमा छानबिनको माग गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले एमाले अध्यक्षसमेत रहेका ओलीसँग जोडिएको विवादास्पद विषयमा मानिस पनि पक्राउ परेकाले सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गरेको हो ।

    आफ्नै अध्यक्ष ओलीको नेतृत्वमा सरकार रहेपनि रक्षात्मक बन्न बाध्य भएको नेकपा(एमाले)ले भने कार्यकर्तामा उत्साह जगाउने उदेश्य सहित जागरण सभाको तयारी गरेको छ । पार्टी र नेतृत्वमाथि अनावश्यक हमला भैरहेको निष्कर्षसहित एमालेले उपत्यकामा मङ्सिर ७ गते शक्ति प्रदर्शन गर्ने र पार्टीको साख बचाउने कार्यक्रम तय गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...