News Portal

  • प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ मंसिर २०८१
    ८०८ पटक
    भक्तपुर, ११ मंसिर २०८१

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका महासचिव नवराज काफ्लेले भेटवार्ता गरेका छन् । प्रदेश राजधानी हेटौडामा भएको भेटवार्तामा बढ्दो वातावरण प्रदुषण नियन्त्रणबारे गहन छलफल भएको अभियानका महासचिव काफ्लेले बताएका छन् ।

    छलफलको क्रममा देशको संघीय राजधानी काठमाडौं विश्वकै छैटौ प्रदुषित शहरको रुपमा देखिएकोप्रति मन्त्री सिलवालले चिन्ता व्यक्त गरे । काठमाडौं उपत्यकाको बढ्दो प्रदुषणको कारण पहिचान गरी नियन्त्रणको विशेष योजना बनाई अघि बढ्न मन्त्रालय तत्पर रहेको उनले बताएका छन् ।

    मन्त्री सिलवालले उपत्यका भित्र बसेर वातावरणको विषयमा काम गर्ने संघसंस्था, अभियन्ता, वातावरणविद एवं सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने र त्यसको निष्कर्षबाट योजनालाई गति दिने प्रतिवद्धता प्रकट गरेका छन् ।

    मन्त्री सिलवालले यसै महिनाको अन्तिम हप्तामा सो कार्य गर्ने गरि आवश्यक समन्वय गर्न राष्टको लागि २ घण्टा अभियानका महासचिव काफ्लेलाई आग्रह समेत गरे । बढ्दो प्रदुषण नियन्त्रणका उपाय पहिल्याउन र लागू गर्न सो अन्तरक्रिया लाभदायक रहने उनले बिश्वास व्यक्त गरे ।

    बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले आयोजना गर्न खोजेको उक्त अन्तरक्रिया कार्यक्रमको संयोजन गर्न राष्टको लागि २ घण्टा अभियान तत्पर रहेको महासचिव काफ्लेले बिश्वास दिलाएका छन् । उनले अन्तरक्रिया काठमाडौं उपत्यका भित्र उपयुक्त स्थानमा आयोजना गरिने जानकारी गराउंदै मिति र स्थान निश्चित भएपछि सहभागिताका लागि खबर गरिने जानकारी दिए ।

    अन्तरक्रियालाई कोठे बैठकमा सीमित नगरी सरोकारवालाको सक्रियतालाई प्राथमिकता दिईने र योजना निर्माणमा सहयोग पुर्याउने उनको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...