News Portal

  • गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ मङ्सिर २०८१
    १४९४ पटक
    भक्तपुर, १३ मङ्सिर २०८१

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२ चक्के मालबाहक ट्रकले ठक्कर दिँदा पछाडि सवार पत्नी ४१ वर्षीया नविना देउलाको निधन भएको हो ।

    भक्तपुरको भक्तपुर नगरपालिका-५ घर भई हाल देउला दम्पती ललितपुरको नख्खीपोटमा बस्दै आएका थिए । उनका पति स्कुटी चालक ४३ वर्षीय जिते देउलाको नागरिक अस्पतालमा उपचार भैरहेको र बोल्नसक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

    बिहीबार बिहान ७ बजेको समयमा भक्तपुरको मध्यपुर थिमि- ३ स्थित गठ्ठाघर चोकमा भक्तपुरबाट काठमाडौ तर्फ जादै गरेको ना ८ ख २३११नं.को १२ चक्के ट्रकले सोही दिशा तर्फ जादै गरेको बा प्र.०२-०३८प ४४०१नं.को स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी ढुन्डीराज नेउपानेले जनाएका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएकी नविनाको पौने ८ बजेको समयमा भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा ज्यान गएको डिएसपी नेउपानेले जानकारी दिए ।

    ट्रक चालक मकवानपुरगढी गाउँपालिका-४ का ३८ वर्षीय  बुद्ध बहादुर घलानलाई नियन्त्रणमा लिई प्रहरी बृत थिमिले थप अनुसन्धान अघि बढाएको उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...