News Portal

  • नगर प्रमुख खत्रीको गुनासो, ”सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आयो”

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ मंसिर २०८१
    ४४६ पटक
    भक्तपुर, १४ मंसिर २०८१

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने आवस्था आएको गुनासो गरेका छन् । स्थानीय सरकारका प्रमुख समेत रहेका खत्रीले माथिल्लो तहका संघ र प्रदेश सरकार बिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको गुनासो गरेका हुन् ।

    शुक्रवार नगरकोट भ्रमण वर्ष-२०८२ को तयारी बारे एक अन्तरक्रिया कार्यक्रममा उनले संघ र प्रदेश सरकारको कामको आलोचना गरे । नेपाल प्रेस सोसाइटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख खत्रीले पटकपटक आग्रह गर्दा पनि राज्य गैरजिम्मेवार बनेको र आफ्नो नगरपालिकाका सडक निर्माणलाई बेवारिसे बनाएको आरोप लगाए ।

    नगरकोट भ्रमण वर्ष २०८२ को सम्पूर्ण तयारी लगभग पूरा भइसकेको भए पनि भक्तपुर-नगरकोट जोड्ने मुख्य सडक निर्माण सम्पन्न नहुँदा भ्रमण वर्ष प्रभावित हुने खतरा भएको उनको भनाइ छ । ”०७१ असार मसान्तमै निर्माण सम्पन्न गरिने गरी ठेक्का दिएको संघीय सरकारले अहिलेसम्म हाम्रो सडक निर्माण सम्पन्न गरेन ।” नगर प्रमुख खत्रीले आक्रोश पोखे ।

    भारतीय एक्जिम बैंकको ऋण सहयोगमा संघीय सडक सुधार आयोजना अन्तर्गत निर्माण भएको करिब १६ किमीको भक्तपुर-नगरकोट सडक खण्ड चौडा गरी कालोपत्रे गर्न भारतीय कम्पनी एआइसीपिएल र नेपाली कम्पनी एससीपिएल (शैलुङ कन्स्ट्रक्सन) काठमाडौंले संयुक्त ठेक्का पारेका  थिए ।

    त्यसैगरी, चाँगुनारायण नगरपालिकाको महत्वपूर्ण पर्यटकीयस्थल चाँगुनारायण मन्दिर जाने भक्तपुर-चाँगुनारायण सडक पनि भ्रमण वर्ष शुरु हुँदा सम्म सम्पन्न हुने छाटकाट देखिएको छैन ।

    बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले यो सडकलाई समयमै निर्माण गर्न नसक्ने अवस्था भएपछि भ्रमण वर्ष प्रभावित हुने भएको छ । दुवै सरकारका काम गराई उस्तै ढिलासुस्तीपूर्ण भएको भन्दै संघ र प्रदेश सरकार बिरुद्ध स्थानीय सरकार आन्दोलनमा उत्रनुको बिकल्प नभएको उनले बताए ।

    नगर प्रमुख खत्रीले सरकारका सम्बन्धित निकायहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदै आइरहे पनि समस्याको समाधान गर्न चासो नदेखाइएको जानकारी दिए । जनताको चासो र मागको अनादर गरेर सरकारले स्वयं जनआक्रोश निम्त्याउने काम गरेको उनको भनाइ छ । स्थानीय सरकार जनतासंग प्रत्यक्ष जोडिने सरकार भएकोले स्थानीयको पिडा टुलुटुलु हेरेर बस्न नसक्ने नगर प्रमुख खत्रीले प्रष्ट पारेका छन् ।

    सडकको निर्माण सम्पन्न नभएसम्म भ्रमण वर्ष सफल नहुने भन्दै उनले सरकारसंग चेतावनीपूर्ण अपिल गरे, ”यो वर्षमै हाम्रा सडक बनुन, हैनभने हामी सिंहदरवार घेर्छौं ।”

    कार्यक्रममा चाँगुनारायण-६ नगरकोट क्षेत्रका वडाध्यक्ष धनबहादुर तामाङ्गले नगरकोटको पर्यटनलाई पुन:ब्राण्डिङ्ग गर्नुपर्ने धारणा व्यक्त गरे । कुनैबेला सूर्योदयको लागि प्रख्यात नगरकोटमा उपत्यकाको वायु प्रदुषणका कारण उत्पन्न तुवालोको असर परिरहेको जानकारी दिंदै उनले नगरकोटलाई पुन: ब्राण्डिङ्ग गर्न भ्रमण वर्षले काम गर्ने बताए ।

    चाँगुनारायण नगरपालिकाले आगामी वर्ष २०८२ लाई नगरकोट भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षका लागि करिब ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने कम्तिमा १ लाख बाह्य पर्यटक भित्राउने लक्ष छ । नगरपालिकाले बाह्य भन्दा आन्तरिक पर्यटकलाई आकर्षण गर्ने नीति लिए अनुरुप दैनिक २० हजार पर्यटक बस्न सक्ने गरी आवश्यक व्यवस्था मिलाएको छ ।

    नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव केशव लुइँटेलले गरेका थिए । पत्रकार रोशन थापाले विषय बस्तु उठान गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक र सल्लाहकार रमेश गिरीको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा १ दर्जन बढी पत्रकार सहभागी रहेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...