News Portal

  • उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ मंसिर २०८१
    १९४ पटक
    भक्तपुर, १८ मंसिर २०८१

    मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पल्ला भारी भएको छ भने सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमाले खुम्चिन बाध्य भएका छन् ।

    माओवादी केन्द्रले एमालेलाई तेस्रोमा धकेलेर दाेस्राे हुन सफल भएको छ । उसले कांग्रेसलाई समेत २७ सिटबाट १७ सिटमा खुम्च्याउन सफल भएपछि अध्यक्ष प्रचण्ड पनि दंग परेका छन । माओवादी केन्द्रले आफूले जितेकाे ८ सिटलाई बढाएर ११ मा पुर्याएकाे छ भने ८ स्थानमा अत्यन्तै झिनाे मतले पराजित हुँदै दाेस्राे स्थान हासिल गरेकाे छ । लोकप्रिय मतका आधारमा भने माओवादी केन्द्र पहिलो पार्टी बन्न पुगेको छ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनकाे मतगणनाको नतिजाअनुसार ४० पदमध्ये कांग्रेसले एक नगरपालिका प्रमुख र १६ वडाध्यक्षसहित १७ स्थानमा जितेको छ । कांग्रेस दुई जिसस प्रमुखमा निर्विरोध पनि भइसकेको छ । यसरी कांग्रेसले अहिलेसम्म कूल १९ स्थानमा जित निकालेको छ । जब कि पहिले कांग्रेसले जितेका २७ ठाउँमा निर्वाचन भएको थियो । समग्र परिणाममा कांग्रेस पहिलो दल बनेको भए पनि आफ्नो अग्घिल्लो बिरासत बचाउन सकेन ।

    उपनिर्वाचनमा दोस्रो बनेको माओवादी केन्द्रले एक पालिका अध्यक्ष, तीन उपाध्यक्ष र ६ वडाध्यक्ष पद जितेको छ । थप एक वडामा निर्विरोध भएको माओवादीले सात वडामा प्रतिनिधित्व गर्नेछ । माओवादीले ११ स्थान जित निकाल्दै दोस्रो भएको हो ।

    माओवादीले जितेका आठ स्थानमा निर्वाचन भएकोमा प्रमुख र उपप्रमुखसहित नौ स्थानमा जित हासिल गरेको छ । पुरानो आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाए पनि कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको तथा पश्चिम रुकुमको पुथा उत्तरगंगामा सत्तारूढ कांग्रेस–एमाले गठबन्धन लाई पराजित गरेर जित हासिल गरेपछि माओवादी केन्द्र एक्लै पनि काँग्रेस एमालेसंग लड्न सक्छ भन्ने बनोबल पैदा गरेको छ । कर्णालीमै जाजरकोटको नलगाड उपप्रमुख पनि माओवादीले जितेको छ । माओवादीले यसअघि कांग्रेस र एमालेले जितेका केही वडामा जित निकालेर ७ वडाध्यक्ष पाएको छ ।

    एमालेले एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्षसहित कुल सात स्थानमा जितेको छ । एमालेले यसअघि जितेका आठ वडामा निर्वाचन भएको थियो । तीन वडाध्यक्ष गुमाएको एमालेले एक पालिका अध्यक्ष र एक उपाध्यक्ष पाएको छ ।

    उपनिर्वाचनमा जसपा नेपालले दुई, रास्वपाले एक, एकीकृत समाजवादी एक, नेमकिपा एक र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् । रास्वपाका सभापति रवि लामिछाने हिरासतमा रहेको अवस्थामा राजधानीको काठमाडौं महानगर १६ वडाको वडाध्यक्ष जितेर रास्वपाले आफ्नो सहरी शक्ति यथावत रहेको संदेश दिएको छ ।

    काठमाडौंको कीर्तिपुर नगरपालिकामा जित दोहोर्‍याए पनिsa अघिल्लो पटकको जस्तो मत पाएन । माओवादी केन्द्र संग झिनो मतान्तरले काँग्रेसले मेयर हात पार्यो ।यसअघि जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा जित निकालेको कांग्रेसले यसपटक मत जोगाउन सकेन । त्यहाँ माओवादीकी देवका लामिछाने विजयी बनिन् ।

    त्यस्तै, दैलेखको महाबु गाउँपालिका काँग्रेस बाट एमालेले खोस्यो । उता, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमाले विजयी बन्यो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेसले उम्मेदवार नउठाई गठबन्धन बनाएर एमाले उम्मेदवारलाई समर्थन गर्‍यो । तर, माओवादी उम्मेदवार विजयी बने ।

    एमालेले कांग्रेसले जितेको दैलेख महाबु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही र स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुलोचना भण्डारी विजयी बनिन् । यसअघि कांग्रेसले जितेको दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा पनि एमालेले जित निकालेको छ ।त्यहाँ काँग्रेस दोश्रो पार्टी पनि बनेन । माओवादी केन्द्रलाई करिब २ सय मतान्तरले पछि पार्दै एमाले गाउँपालिकाम जीत हासिल गर्न सफल भयो । झापाको कन्काई– ६, सुनसरीको गढी– ६, रौतहटको ईशनाथ– ७, गोरखाको गोरखा– ५, दैलेखको दुल्लु– १३, बझाङको सुर्मा– ४, डोल्पाको त्रिपुरासुन्दरी– ५ सहित यसअघि सातवटा वडा जितेकोमा दैलेखको दुल्लु– १३ मात्र एमालेले जित्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...