News Portal

  • व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ मङ्सिर २०८१
    १३० पटक
    भक्तपुर, १९ मङ्सिर २०८१

    दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन सुक योलले सो घोषणा दुई घण्टामै फिर्ता लिएका हुन् ।

    राष्ट्रपतिले सैन्य कानुन लागू गर्ने आफ्नै घोषणा संसदमा व्यापक विरोध भएपछि फिर्ता लिएका त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सैन्य कानुन अर्थात् ‘मार्सल ल’ लागू गर्ने राष्ट्रपति योलले अप्रत्यासित रुपमा घोषणा गरेपछि सर्वत्र विरोध भएको बताइएको छ ।

    विपक्षी दलका मात्र नभइ सत्तापक्षका सांसदहरूले समेत त्यसको विरोधमा संसदमा मतदान गरेका थिए । संसदले सर्वसम्मत निर्णय गरेपछि राष्ट्रपति पछि हट्न बाध्य बनेका छन् ।

    मार्सल ल लागू भए नागरिक अधिकार हनन हुने भन्दै बिरोधमा उत्रिएका सर्वसाधारण पछिल्लो निर्णयले खुशीयाली मनाइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको...

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...