News Portal

  • भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० मङ्सिर २०८१
    ६१७ पटक
    भक्तपुर, २० मङ्सिर २०८१

    भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा भएका निरौलाले बुधबार रबाना लिएका छन् ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिदाइ कार्यक्रम गर्दै उनको कार्यकालको स्मरण गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अब्बल र बिबादरहित कार्यसम्पादन गरेको भन्दै निरौलाको प्रशंसा गरेका छन् ।

    निरौला १९ महिना जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहँदा एक साता मात्र बिदामा बसेका भन्दै कर्मचारी बृत्तमा उनको चर्चा भएको थियो । कार्यसम्पादनमा निष्पक्षता र पहुँच बिहीन सेवाग्राहीलाई अझ प्राथमिकता दिने निरौलाको स्वभाव अनुकरणीय रहेको कर्मचारीहरुले बताए ।

    सूचना अधिकारीको रुपमा स्पष्ट र सूचनामैत्री रहेका निरौला बजार अनुगमन प्रमुखका रुपमा कालाबजारी नियन्त्रणमा क्रियाशील रहेका थिए । विपद ब्यवस्थापन, शान्ति सुरक्षा लगायतका काममा समन्वयकारी भूमिका निभाएका निरौलाले ३ जना प्रमुख जिल्ला अधिकारीलाई सघाउने मौका पाए ।

    उनको ठाँउमा गृह मन्त्रालयबाट चिरञ्जीवी भण्डारीको सरुवा भएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...