News Portal

  • रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० मंसिर २०८१
    ८३५ पटक
    भक्तपुर, २० मंसिर २०८१

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी सभापति रवि लामिछानेको राजनीति समाप्त गर्नसके रास्वपा समाप्त हुने सरकारले सपना देखिरहेको उनीहरुको दावी छ ।

    नेपाल प्रेस सोसाइटीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा भक्तपुरका संस्थापक नेता साजन विकले सरकारलाई रास्वपा समाप्त पार्ने दिवासपना नदेख्न चेतावनी दिए । ”रविलाई सकाउन खोज्दा रास्वपामा हजारौं रविहरु जन्मिसकेका छन् ।” उनले भने । सहकारीको ८७ अर्व अपचलन नै रविले गरेको जस्तोगरी प्रतिशोधपूर्ण अनुसन्धान भैरहेको उनको भनाइ छ ।

    ”सहकारीको ८७ अर्व अपचलन भएको छ, ६५ करोड अपचलनको अनुसन्धानमा मात्र सरकार केन्द्रित छ ।” उनले आरोप लगाए ।

    ठूला भनिएका दलहरुको विकृति र विसंगतिको विरुद्ध रास्वपा जन्मिएको भन्दै उनले फोहोर राजनीतिलाई सफा गर्ने पार्टी रास्वपा मात्र भएको जनबिश्वास सरकारको रबैयाले अझ मजबुद बन्दै गएको जिकिर गरे ।

    उनले रास्वपा भलिवल भएको भन्दै भने, “हामीलाई जति थचार्याे उति माथि जान्छौं, उति ठूलो पार्टी हुन्छौं ।”

    कार्यक्रममा रास्वपा भक्तपुरका जिल्ला संयोजक रामेश्वर बस्नेतले आफूहरु शान्तिप्रिय रहेको र निलो क्रान्तिको पक्षधर भएको भन्दै पार्टीमाथि दमन भइरहे क्रान्ति निलोबाट रातोमा जान बेर नलाग्ने चेतावनी दिए ।

    पार्टीमाथि सरकारले सम्पूर्ण ताकतले आक्रमण गरिरहेकोले त्यसको प्रतिकार गर्नुको बिकल्प नभएको उनले बताए । शनिवार भक्तपुर जिल्लाको शक्तिलाई पार्टीको रक्षामा केन्द्रीत गर्न जिल्ला भेलाको आयोजना गरिएको उनले जानकारी गराए । मध्यपुर थिमिको निगु पुखुमाा शनिवार बिहान खुला जिल्ला भेला हुने र त्यहाँ केन्द्रीय नेताहरुले सम्बोधन गर्ने उनले जानकारी दिए ।

    सो भेलालाई पार्टीका उपसभापति एवं पूर्व मन्त्री डिपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार, पूर्व मन्त्री विराज भक्त श्रेष्ठ, सांसद सोविता गौतम लगायतका नेताहरूले सम्बोधन गर्ने उनले बताएका छन् ।

    जिल्लाका ४ वटै नगरपालिकाका ३८ वटा वडामा आफ्नो संगठन विस्तार भएको र भेलामा एउटा वडाबाट कम्तिमा ५० जना कार्यकर्ता र सयौं समर्थकसहित हजारौं सहभागी हुने जिल्ला सभापति बस्नेतले बताएका छन् ।

    ”जिल्ला भेला शुद्ध भेला मात्रै हुने छैन, यो आन्दोलनकै एक रुप पनि हुनेछ ।” उनले भने ।

    कार्यक्रममा पार्टीको भक्तपुर निर्वाचन श्रेत्र नं.१ समितिका सभापति रुकेश रञ्जित, निर्वाचन श्रेत्र नं.२ समितिका उपसभापति प्रल्हाद कार्की त्यसैगरी भक्तपुर नगर सभापति राजेश शिल्पकार, सूर्यविनायक नगर सभापति भाइकृष्ण श्रेष्ठ, चाँगुनारायण नगर सभापति रोशन थापा र मध्यपुर थिमि नगर सभापति न्हुछें मानन्धरलगायतले पार्टीको अवस्था र भेलाको तयारीबारे अवगत गराए ।

    नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन सोसाइटीका महासचिव केशव लुइँटेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...