News Portal

  • शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ मङ्सिर २०८१
    २७८ पटक
    भक्तपुर, २२ मङ्सिर २०८१

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन र सडकबाट दबाब आवश्यक रहेको बताएका छन् । सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै उनले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह गरे ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद तथा शिक्षक समाज नेपालसँगको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले शिक्षकहरूलाई सडक आन्दोलनका लागि तयार रहन आग्रह गरे । शिक्षकहरुको सडक आन्दोलनलाई पार्टीको पूर्ण समर्थन रहने भन्दै उनले आफू सहभागी हुनेसमेत प्रतिवद्धता जनाए ।

    आफू नेतृत्वको सरकारले शिक्षा विधेयक संसदमा दर्ता गरेर पारित गर्ने प्रयास गर्दा सरकार ढलेको भन्दै प्रचण्डले शिक्षक कर्मचारीको अधिकार प्राप्तिका लागि शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने बताए । शिक्षा विधेयक पारित गर्न सदनमा छलफल र सडकमा आन्दोलन चर्काउनुपर्नेमा उनको जोड थियो ।

    शिक्षा नसुध्रिएसम्म देश नसुध्रने र शिक्षा सुध्रन शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने भन्दै प्रचण्डले भने–शिक्षा विधेयकका पक्षमा हुने शिक्षकका जुनसुकै आन्दोलनलाई हामी सघाउँछौँ । विद्यालय कर्मचारी, इसिडि, राहत, करारलगायतका शिक्षाका मुद्दा सम्बोधन शिक्षा ऐनबाट मात्रै सम्भव रहेकोमा उनको जोड थियो ।

    कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आउँदो संसदको हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित गर्न दबाब दिन शिक्षकहरुले सडकबाट दबाब दिने बताए । अब हिउँदे अधिवेशन शुरु हुनसाथ शिक्षकहरू सडकमा उत्रनेछन्, शिक्षा विधेयक संसदबाट पारित नभएसम्म आन्दोलन र दबाब जारी रहनेछ–सुवेदीले भने ।
    शिक्षा विधेयक पारित हुन षडयन्त्र हुनसक्ने भन्दै अध्यक्ष सुवेदीले छिट्टै २ लाख ५० हजारर शिक्षक सडकमा उतारेर शिक्षक आन्दोलन भाग–२ गर्ने उद्घोष गरे । हिउँदे अधिवेशनमा शिक्षा विधेयक संसदबाट पारित हुनै पर्छ भन्दै सुवेदीले अन्यथा शिक्षकले बानेश्वर, सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिए ।

    कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले उत्पीडित शिक्षकको अधिकार प्राप्तिका लागि शिक्षा विधेयक संसदबाट पारित हुनैपर्ने बताए । आउँदो संसदको हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित नभए सडकमा शिक्षक आन्दोलन भाग–२ शुरु हुने उनको चेतावनी थियो ।

    अधिकार र कर्तव्यसहित सूचना प्रविधि, आर्टिफिसियल इन्टिलिजेन्सयुक्त गरिखाने शिक्षा निर्माणका लागि मुलुकमा एकीकृत शिक्षक आन्दोलन आवश्यक रहेकोमा उनको जोड थियो ।
    २ दिनसम्म चल्ने संगठनको परिषद भेलामा देशभरका ५ सय बढी शिक्षकहरुको सहभागिता रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...