News Portal

  • ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २ पुस २०८१
    ३८४ पटक
    भक्तपुर, २ पुस २०८१

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली झैँ आकर्षक र जीवित संग्राहलयको रुपमा सजिएको छ ।

    भक्तपुर नगरपालिकाले २५ वर्षपछि आयोजना गरेको महोत्सव हेर्न दैनिक १ लाख बढी पर्यटक भक्तपुर भित्रिएका नगरपालिकाको भनाइ छ । आन्तरिक पर्यटक तान्ने मुख्य उदेश्य रहेको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् । एक पटक भक्तपुर आउने पर्यटक पटक पटक आउने गरी पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाइएको उनले बताएका छन् ।

    महोत्सवमा बाँसुरी बाजा प्रतियोगिता, भजन , नौबाजा, नगरा बादन लगायत परम्परागत र आधुनिक सास्कृतिक नाचले पर्यटक तानिएका छन् । परम्परागत बाद्यवादन, खेलकुद, भेषभुषा र जात्रापर्वको जिवन्त प्रस्तुतीले महोत्सव भक्तपुर चिन्ने-चिनाउने अवसर बनेको छ । पुस्तक प्रदर्शनी, परम्परागत पेशा र शीपको प्रदर्शनी घरेलु उत्पादनको प्रदर्शनीले भक्तपुरको ज्ञान र शीप उजागर गर्ने प्रयत्न गरिएको देखिन्छ ।

    खाना महोत्सव, दही महोत्सव, दिपावली त्यसका अलावा पानीमा चल्ने साइकल, डुंगा र बालमैत्री खेलहरु र साहित्यिक एवं सास्कृतिक कार्यक्रमहरुले महोत्सवलाई मनोरन्जनपूर्ण बनाएको पर्यटकहरू बताउँछन् । ”महोत्सवमा चोकै पिच्छे फरक अनुभुती गर्न पाइने रहेछ ।” भक्तपुर भ्रमण गर्न स-पारिबार आएका रोसन खड्काले बताए ।

    भक्तपुर नगरमा ३२ क्षेत्रमा फरक फरक विषयको प्रस्तुती रहेको छ । कला र संस्कृतीको अत्यन्तै धनी भक्तपुर नगर विश्व सम्पदा सूचीमा सुचिकृत रहेको प्राचिन शहर हो । भक्तपुर भ्रमण नगरेकाहरुका लागि भक्तपुर महोत्सव एक अवसरको  रुपमा रहेको छ । सानो नगर भएपनि एउटा भ्रमणले पूरै भक्तपुर हेर्न असम्भव छ । तर, भक्तपुरबारे एकैपटक जान बुझ्न सकिनेगरी महोत्सव डिजाइन गरिएकाले महोत्सव छुटाउनेले भक्तपुर बुझ्ने अवसर छुटाउने महोत्सव सचिवालय संयोजक गौतम लासिवा बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...