News Portal

  • आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० पुस २०८१
    १४९४ पटक
    भक्तपुर, १० पुस २०८१

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको अवसरमा आज  सार्वजनिक बिदा दिइएको छ ।

    आजभन्दा २ हजार २५ वर्षअघि डिसेम्बर २५ तारिख अर्थात् आजकै दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको बिश्वास गरिन्छ ।

    विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महत्व पाएको देखिन्छ । २०६३ सालमा पहिलोपटक सरकारले सार्वजनिक बिदा घोषणा गरेपछि यसको महत्व सबैसामू उजागर भएको हो । क्रिसमसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो । विसं २०७८ देखि भने पुनः सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।

    नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए अनुसार  मानिसलाई प्रेम गर्नेले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गर्दछन् । नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेका उनको भनाइ छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि उनले जनाएका छन् ।

     क्रिश्चियनका १३ सम्प्रदाय छन् र १३ वटै सम्प्रदायका चर्च नेपालमा रहेको धार्मिक अभियन्ता केशव लुइँटेल बताउँछन् ।

    पछिल्लो समय क्रिसमसको ब्यापकता बढ्दै गएको देखिन्छ । शहरका  ब्यापारिक स्थलमा ‘क्रिसमस ट्रि’ सजाएर यो पर्व नजिकिएको संकेत दिने गरिएको छ । पर्यटकीय क्षेत्रमा मात्र होइन, क्लव र  विद्यालयहरुमा समेत  क्रिसमसको रमझम देखिन थालेको छ । ‘क्रिसमस ट्रि’ सँगै सान्ट्रा क्लजको पोशाक लगाएका युवा युवतीहरु आजका आकर्षण हुन् ।

    येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने गरिएको भएपनि अन्य धर्मावलम्बी पनि क्रिसमसको रमाइलोमा सरिक हुने गरेका छन् । सबै धर्म र पर्वमा रमाउने पहिचान बनाएको नेपाली धार्मिक सहिष्णुता क्रिसमसको अवसरमा थप उजागर भएको देख्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...