News Portal

  • ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताकाठमाडौ, ११ पुस २०८१
    १५९६ पटक
    काठमाडौ, ११ पुस २०८१

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

    कक्षा ९ सम्मका (जुनियर) विद्यार्थीका लागि आयोजित फाइनल खेलमा कीर्तिपुरको मेगस स्कुलले रेडियन्ट पब्लिक स्कुल, नागर्जुनलाई ४२–२९ को अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्‍यो। रेडियन्ट पब्लिक स्कुल दोस्रो स्थानमा सीमित रह्यो। यस तहमा मेगस स्कुलका सिमोन रामजाली सर्वोत्कृष्ट खेलाडी घोषित भए।

    कक्षा १२ सम्मका (सिनियर) विद्यार्थीका लागि आयोजित फाइनल खेलमा कालो पुलस्थित जेभियर इन्टरनेशनल कलेजले पुरानो बानेश्वरस्थित गोल्डेन गेट कलेजलाई २०–१७ को अन्तरले पराजित गर्दै प्रथम स्थानमा रह्यो ।

    गोल्डेन गेट कलेज दोस्रो स्थानमा रह्यो । यस तहमा जेभियर इन्टरनेशनल कलेजका ऋदुस केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
    प्रतियोगिता ५×५ (कक्षा ९ सम्म) र ३×३ (कक्षा ११ र १२ सम्म) गरी दुई तहमा विभाजन गरिएको थियो। लिग कम नकआउट आधारमा खेलाइएको प्रतियोगितामा दुबै तहमा १२/१२ टिमको सहभागिता रहेको थियो।

    आजै सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा ह्वाइटफिल्ड स्कुलका विद्यार्थीले गीत र नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाए।

    विद्यालयका प्रिन्सिपल पारस श्रेष्ठले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै खेलकुदको महत्वमाथि प्रकाश पारे। उनले व्यक्ति स्वस्थ रहन सकेमा मात्र समाज स्वस्थ हुने र खेलकुदले जीवन, समुदाय, र देशलाई सकारात्मक दिशा दिने तर्क प्रस्तुत गरे।

    उनले प्रतियोगिताबाट विद्यालयबीचको सम्बन्ध सुमधुर हुने र विद्यार्थीमा खेलप्रतिको जागरुकता बढ्ने विश्वास व्यक्त गर्दै सहभागी विद्यालयहरूलाई आभार प्रकट गरे।

    समापन कार्यक्रममा प्रमुख अतिथि काठमाडौं क्षेत्र नं. ८ का प्रतिनिधि सभा सदस्य तथा पूर्व युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले विजयी विद्यालय तथा विद्यार्थीलाई पुरस्कार वितरण गरे। उनले खेलकुदको विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै देश विकासका लागि राजनीतिक स्थायित्व र पारदर्शिता आवश्यक रहेको औंल्याए।

    कार्यक्रमका सञ्चालक तथा विद्यालयका संयोजक राममणी बगालेले प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यापक रूपमा निरन्तरता दिने जानकारी दिए। समापन कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल दुर्गा श्रेष्ठले समापन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...