News Portal

  • भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ पुस २०८१
    १२९७ पटक
    भक्तपुर, १३ पुस २०८१

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ । ६१ वर्षको उमेरमा शनिबार उनको असामयिक निधन भएको हो ।

    चवाल १४ वर्षकै उमेर देखि नेमकिपाको विद्यार्थी संगठनमा आवद्ध रही संगठित भएका थिए । बाली काट्ने आन्दोलन लगायत विभिन्न आन्दोलनमा सरिक भइ जेलजीवन समेत बिताएका चवाल क्रान्तिकारी नेता थिए । पन्चायतकालमा मात्र नभई प्रजातन्त्र प्राप्ति पछि राजाको प्रत्यक्ष शासनको बेलामा पनि जनबिरोधी विधेयकको बिरोध गर्ने क्रम्मा उनी जेल परेका थिए । २०६२-६३ को आन्दोलनमा पनि उनी सक्रियतापूर्वक सहभागी भए ।

    २०५४ सालमा तत्कालीन १२ नम्बर वडाको अध्यक्ष रहेका चवाल अघिल्लो कार्यकालमा ५ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भई जनसेवामा जुटेका थिए । पछिल्लो समय मृगौलामा समस्या भएपछि उनको मृगौला प्रत्यारोपण गरिएको थियो र उनले यो कार्यकालमा जनप्रतिनिधि बन्न उम्मेदवारी दिएका थिएनन् । प्रतिकुल स्वास्थ्यका बाबजुद उनी समाजसेवामा भने तल्लीन नै देखिन्थे ।

    नेमकिपाका कपार्टी सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवाल, केन्द्रीय सदस्य एवं नगर प्रमुख सुनिल प्रजापति लगायतले चवालको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएर सम्मान प्रकट गरेका थिए । उनको निधनले पार्टीलाई अपूरणीय क्षती पुगेको नेमकिपाका जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाइँले बताएका छन् । दिवङ्गत चवालका १ छोरा र ४ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...