News Portal

  • प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १८ पुस २०८१
    ११२९ पटक
    भक्तपुर, १८ पुस २०८१

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा आकाश गजुरेललाई नै दोहोर्याएको छ ।

    बिहीबार सम्पन्न अधिवेशनबाट आकाशको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । सेन्टरको नयाँ बिधान बमोजिम ३ सदस्यीय पदाधिकारी निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष आकाश गजुरेलले जनाएका छन् । जसअनुसार अधिवेशनले सचिवमा सुनिल दाहाल र कोषाध्यक्षमा उपासना थापालाई निर्वाचित गरेको उनले जानकारी गराए ।

    कार्यसमिति सदस्यहरुमा भने मिनाल कार्की, सुप्रीम रोकाया, साहिल कार्की, बसन्ती क्षेत्री, रोहन ठकुरी, हिक्मत बुढा, मिथुन पराजुली र दीक्षा खड्का रहेका बताइएको छ ।

    अधिवेशनलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का चाँगुनारायण नगर अध्यक्ष नरेश खड्काले पत्रकारहरुले जनतालाई सही सूचना दिनुपर्नेमा जोड दिए ।  सूचना प्रविधिको बिकास र सामाजिक सन्जालको ब्यापकतासंगै आम मानिसहरु गलत सूचनाको सिकार भैरहेका भन्दै उनले आम जनतालाई सही, सत्य र तथ्यपूर्ण समाचार पस्कनु प्रेस सेन्टरमा आवद्ध पत्रकारको दायित्व भएको बताए । परिवर्तनलाई सस्थागत गर्न, बिकास र सुशासनको जग बसाल्न तथा भ्रष्टाचार नियन्त्रण गर्न आफ्नो पार्टीले गरेका कामबारे जनतालाई थाहा दिन उनले आग्रह गरेका थिए ।

    सो अवसरमा प्रेस सेन्टर भक्तपुरका जिल्ला अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले देशमा स्थानीय सरकारको सपना देख्ने पहिलो संगठन हुनुको नाताले प्रेस सेन्टर पालिका शाखा गठन गर्नेपनि पहिलो पत्रकार संगठन बनेको बताए । गाउँमा आइपुगेको सिंहदरवारप्रति स्थानीयको पहुँच बढाउनु र पालिकालाई जनमुखी बनाइरहन खबरदारी गर्नु पालिका शाखाको पहिलो कर्तब्य भएको उनको भनाइ छ ।

    कार्यक्रममा प्रेस सेन्टर नेपालका उपत्यका प्रदेश सदस्य बाबुराम दाहाल, जिल्ला सचिव मदन ढुंगाना र कोषाध्यक्ष निराजन सिलवाल लगायतको समेत आतिथ्यता रहेको थियो । शनिबार हुने जिल्ला अधिवेशनका लागि प्रेस सेन्टर पालिका अधिवेशनमा जुटेको जिल्ला सचिव मदन ढुंगानाले जनाएका छन् । शुक्रवार बाकी पालिकाको पनि अधिवेशन सम्पन्न हुने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...