News Portal

  • आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ पुस २०८१
    ६९५ पटक
    भक्तपुर, २३ पुस २०८१

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा स्थापनाको २८ वर्ष पुगेको छ । २८ वर्ष अघि आजकै दिन जिल्ला शाखाले मान्यता पाएको थियो ।

    पत्रकार रमेश खड्का नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संस्थापक अध्यक्ष हुन् । उनी धरहरा टाइम्स साप्ताहिकका सम्पादकको रुममा अझै क्रियाशील रहेका छन् । त्यसयता बिकल श्रेष्ठ, नारायणसुन्दर किलम्बु, अमर भुजू, पुष्कर बुढाथोकी र जगत प्रजापति हुँदै हाल सुन्दर सिल्पकारको नेतृत्वमा भक्तपुरको पत्रकार महासंघ रहेको छ ।

    महासंघ स्थापना दिवस मनाउन आज एक औपचारिक कार्यक्रम आयोजना गरिएको जिल्ला शाखा भक्तपुरका सचिव दीपक ढुङ्गानाले जानकारी दिएका छन् । सूर्यविनायकको गपलीस्थित भक्तपुर पार्टी भेन्यूमा अपराह्न साढे १ बजे हुने स्थापना दिवसमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा र प्रतिनिधि सभा सदस्य दुर्लभ थापा लगायतको आतिथ्यता रहने उनले बताए ।

    विगतमा स्थापना दिवसका दिन शाखाले पत्रकारलाई विभिन्न  पुरस्कार प्रदान गर्ने गरेको भएपनि यसपटक नयाँ नेतृत्व पदस्थापन भएको एक साता मात्रै भएको कारण सो कार्य भने गर्न नसकिने सचिव ढुङ्गानाले जानकारी दिए । भक्तपुर पार्टी भेन्यूमा शुभकामना आदानप्रदान गरी स्थापना दिवस मनाइने कार्यक्रम रहेको उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...